काठमाडौं- श्रीलंकन सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा भएर भित्रिने पर्यटकका लागि यसपहिले अनिवार्य गरेको पीसीआर परीक्षणसम्बन्धी प्रावधानलाई हटाउने भएको छ।
पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी संक्रमण पुष्टि नभएको रिपोर्ट लिएर ७२ घण्टाभित्र स्वदेश आउने पर्यटकले अनिवार्य पीसीआर परीक्षण गर्नु नपर्ने श्रीलंकाका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बताएका हुन्।
‘पर्यटकले आगमनभन्दा दुई हप्ता अगाडि दोस्रो मात्रा खोप लगाएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी ७२ घण्टा ननाघेको भएमा श्रीलंका आएर पीसीआर गराउनु अनिवार्य हुने छैन,’ उनले भने।
प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ४० लाखभन्दा बढी मानिसहरूलाई रोजगार दिएको श्रीलंकाले आफ्नो मुनाफादायी पर्यटन उद्योगलाई सुदृढ पार्न पर्यटकहरूका लागि देश पुनः खोल्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।