काठमाडौं- जापानका पूर्वविदेशमन्त्री फुमियो किशिदा देशको प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेतामा विजयी भएसँगै उनी देशको अर्को भावी प्रधानमन्त्री बन्ने पक्का भएको हो।
गत वर्ष सेप्टेम्बरमा योशिहिदे सुगाको ठाउँमा किशिदा प्रधानमन्त्री बनेका थिए। एक वर्ष प्रधानमन्त्रीको पदमा रहेपछि सुगाले राजीनामा दिने घोषणा गरेका छन्। किशिदा सम्भवतः आउँदो सोमबार संसदमा हुने चुनावबाट प्रधानमन्त्री बन्नेछन्।
नयाँ प्रधानमन्त्रीको पहिलो लक्ष्य आगामी आम चुनावमा एलडीपी जित्ने छ। आलोचनाका बाबजुद महामारीका बेला टोकियो ओलम्पिक आयोजना गर्ने निर्णय लिएपछि पार्टीको लोकप्रियतामा घटेको छ।
पूर्वविदेशमन्त्री किशिदाले तारो कोनोलाई पछाडि छोडेर पद सम्हाल्न लागेका हुन्। कोनोलाई सबैभन्दा बढी चर्चा भएको उम्मेदवार मानिन्थ्यो।
किशिदा लामो समयदेखि प्रधानमन्त्री बन्ने लक्ष्यमा थिए। तर गत वर्षको चुनावमा सुगासँग पराजित भए
जापानको नयाँ प्रधानमन्त्रीको अगाडि धेरै चुनौतिहरु छन्, जसमा कोरोना महामारी पछि देशको आर्थिक स्थितिलाई ठीक गर्ने र उत्तर कोरियाबाट आउने खतराहरुको सामना गर्ने।
उनले महामारीको सामना गर्न स्वास्थ्य संकट व्यवस्थापन एजेन्सीको गठनको बारेमा पनि कुरा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।