टोकियो- जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ। जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो।
जापानको सामुद्रिक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन्।
स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ।
भूकम्प आए पनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।