काठमाडौं- जर्मनीमा भएको संघीय संसद्को निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) विजयी भएको छ।
एसपीडीले २५ प्रतिशतभन्दा बढी मत ल्याएर सबैभन्दा ठूलो पार्टी भएको निर्वाचन आयोगले घोषणा गरेको छ। सबै जिल्लाबाट प्राप्त विवरणहरुलाई रुजु गरेर अन्तिम रुप दिएपछि मात्रै यस्तो विवरण देखिएको आयोगले जनाएको छ।
क्रिश्चियन सोसल युनियन पार्टीले एसपीडीलाई टक्कर दिएको छ। सो पार्टीले २४.१ प्रतिशत मत ल्याएर संसद्मा दोस्रो ठूलो दल भएको छ।
त्यसैगरी तेस्रो भएको द ग्रिन्स पार्टीले १४.८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा उल्लेख छ।
आयोगका अनुसार फ्रि डेमोक्र्याटिक पार्टी (एफडीपी)ले ११.५ प्रतिशत मतका साथ चौथो दल हुँदा द एलाइन्स फर जर्मनी (एएफडी) १०.३ प्रतिशत मतसहित पाँचौँ भएको छ।
नयाँ गठन भएको संसद्ले नयाँ चान्सलर चयन गर्ने छ। झण्डै १६ वर्ष चान्सलर बन्नु भएकी एंगेला मर्केलले बिदा लिएपछि नयाँ चान्सलर निर्वाचित गर्नुपर्ने भएको हो।
मर्केलको उत्तराधिकारीले नै नयाँ सरकार पनि गठन गर्ने छन्। नयाँ संसद् गठनका लागि गत शनिबार मतदान भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।