काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन्। विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा उनले उक्त आग्रह गरेका हुन्।
आणविक हतियार विश्वबाटै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा उनले जोड दिए। ‘यो हतियार मानवताविरुद्ध र घातक भएकाले विश्वबाट नै आणविक हतियार उन्मूलन हुनुपर्छ।’ उनले भने। अहिले पनि आणविक हतियार विश्वमा एक चुनौतीका रुपमा रहेको उनको भनाइ छ।
विगत एक दशक यता विश्वबाट आणविक हतियार घट्दो रुपमा रहेको पाइए पनि यसको संख्या अझै पनि कम्तीमा पनि १४ हजार जति रहेको उनले बताए।
यो अहिलेको विश्वका लागि घातक रहेको भन्दै उनले यस्ता हतियार विश्वबाटै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघसमक्ष रहेको बताए। संयुक्त राष्ट्रसंघले स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि उनले स्पष्ट पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।