काठमाडौं– वडा अधिवेशन सकिएका ६४ जिल्लामा नेपाली कांग्रेसले शनिबारदेखि पालिका अधिवेशन सुरु गरेको छ।
केही स्थानीय तहमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ भने धेरैमा निर्वाचनमार्फत् नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको प्रभाव रहेको सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा उनी निकट दुई नेताबीच नै भिडन्त भएको छ। कञ्चनपुरको पालिका सभापतिमा केन्द्रीय सदस्य रमेश लेखक र एनपी साउद पक्षबीच भिडन्त भएको छ।
जिललाको शुक्लाफाँटा नगरपलिकामा साउदनिकट दानसिंह ऐर सभापतिमा विजयी भएका छन्। त्यसैगरी, पुर्नवास नगरपालिकाको सभापतिमा पनि साउद निकट नै शुकबहादुर तामाङ सभापतिमा विजयी बनेका छन्। बेलौरी नगरपालिकामा पेपुराम चौधरी सभापति बनेका छन् भने बेदकोट नगरपालिकामा तुलाराम साहु सभापतिमा निर्वाचित भएका छन्। साहु लेखक निकट मानिन्छन्।
त्यसैगरी, महाकाली नगरपालिकामा निर्वाचित राजेन्द्र मल्ल र भीमदत्त नगरपालिकामा विजयी सभापति अच्युतराज कलौनी पनि केन्द्रीय सदस्य लेखक निकट रहेका छन्।
जिल्लाको लालझाडी गाँउपालिकामा श्रीकृष्ण राना तथा बेलडाँडी गाँउपालिको सभापतिमा गजबहादुर विष्ट विजयी भउका छन्। कुष्णपुर नगरपालिकाको सभापतिमा भने विष्णु खड्का चयन भएका छन्। उनी सर्वसम्मत भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।