काठमाडौं– वडा अधिवेशन सकिएका ६४ जिल्लामा नेपाली कांग्रेसले आज (आइतबार)देखि पालिका अधिवेशन सुरु गरेको छ।
केही स्थानीय तहमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ भने धेरैमा निर्वाचनमार्फत् नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ।
प्रदेश १ को झापाका १५ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन भएको छ।
कन्काइ नगरपालिकाको सभापतिमा दुर्गा प्रसाद प्रसाई चयन भएका छन् भने मेची नगरपालिकामा सुदय पनेरु चयन भएका छन्।
यस्तै, बिर्तामोड नगरपालिकामा भोजराज सिटौला चयन भएका छन् भने कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने सभापति चुनिएका छन्।
झापा गाउँपालिकामा साघीरथ गणेश सभापति चयन भएका छन् भने दमक नगरपालिकामा प्रकाश प्रसाई चयन भएका छन्।
अर्जुनधारा नगरपालिकामा हेमराज खरेल सभापतिमा चयन भएका छन् भने बुद्ध शान्ति गाउँपालिकामा चक्र शेर्मा चयन भएका छन्।
भद्रपुर नगरपालिका समितिको सभापतिमा राम बहादुर कँडेल चयन भएका छन् भने गौरादह नगरपालिकामा यादव राज सेढाई चयन भएका छन्।
शिव सताक्षी नगरपालिकामा अशोक बस्नेत चयन भएका छन् भने हल्दिबारी गाउँपालिकामा गंगा प्रसाई चयन भएका छन्।
गौरीगंज गाउँपालिका समितिको सभापतिमा अधनु प्रसाद राजवंशी चयन भएका छन् भने बाह्र दशी गाउँपालिकामा इन्दु बस्नेत चयन भएका छन्।
यस्तै, कचनकवल गाउँपालिका समितिको सभापतिमा तुलाराम अधिकारी चयन भएका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।