काठमाडौं- द्वन्द्वग्रस्त देश मालीले रूसी निजी कम्पनीहरुलाई सुरक्षा बढाउन आग्रह गरेको छ।
फ्रान्सले ठूलो संख्यामा मालीको राजधानी बामाकोबाटआफ्ना सेना फिर्ताको तयारी गरेको छ। यद्यपी, संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै मालीका प्रधानमन्त्री चोगुएल कोकल्ला माइगाले फ्रान्सले सेना फिर्ता गर्ने एकपक्षीय निर्णय लिएको आरोप लगाए।
यता, रूसी विदेश मन्त्री सेर्गेई लाभ्रोभले निजी कम्पनीको सुरक्षाका लागि रूसी सेना मालीमा रहन सक्ने एक वैध अधिकार रहेको बताए।
उनीहरुलाई देशको संक्रमणकालीन सरकारद्वारा आमन्त्रित गरिएको थियो। तर, उनले रूसी सरकार यसमा संलग्न नरहेको प्रष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।