काठमाडौं- इजरायली सेनाको आक्रमणमा परी कम्तीमा चार प्यालेस्टिनीको मृत्यु भएको छ।
प्यालेस्टिनी स्वास्थ्य विभागका अनुसार पश्चिमी किनारस्थित जेनिन शहर नजिक चलेको लडाइँमा उनीहरुको मृत्यु भएको हो।
प्यालेस्टिनी सरकार स्रोतका अनुसार जेनिन नजिकै बुर्किनमा तीन जना र जेरुसेलम नजिकै बिड्डूमा एक जनाको मृत्यु भएको हो।
इजरायली अधिकारीहरूले हताहती भएको पुष्टि गरेका छैनन्। तर, स्थानीय मिडियाका अनुसार आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनी मारिएका छन्।
यता, इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेटले भने सुरक्षा बललाई हमला गर्न जाँदै गरेका हमास आतंकवादीहरुविरुद्ध आक्रमण गरिएको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।