काठमाडौं- चीनको सिचुआन प्रान्तको दक्षिणपश्चिम क्षेत्रमा टियानक्वान काउन्टीमा भारी वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा १२ जना हराइरहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
आइतबार बिहानै गएको पहिरोमा कम्तीमा ६२ जना फसेकोमा साँझ ५ बजेसम्ममा दुई मृत शरिरसहित ५० जनालाई घटनास्थलबाट निकालिएको छ। घाइते अवस्थामा उद्धार गरिएका सबैजनालाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
तियानक्वान काउन्टीको प्रशासनिक केन्द्र याआन शहरको आकस्मिक व्यवस्थापन ब्यूराका अनुसार हराइरहेका नागरिकको खोजीका लागि कम्तीमा ७०० उद्धार अधिकारी र ७० भन्दा बढी गाडीहरू घटनास्थलमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।