मोगादिसु- सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी सात जनाको मृत्यु भएको छ। उक्त आक्रमणबाट अन्य नौ जना घाइते भएका बताइएको छ।
उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ।
शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ। यहाँका एक जना प्रहरी अधिकारीले प्रहरी चौकीनजिकै केही व्यक्तिले विस्फोटक पदार्थले आक्रमण गरेका थिए।
आक्रमणका क्रममा एक जना आक्रमणकारी पनि मारिएको बताइएको छ। सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब विद्रोही समूहले गरेको अनुमान गरिएको छ।
आक्रमणमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।