• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चिनियाँ चासोबीच बाइडेनले आयोजना गरे इन्डो प्यासिफिक नेताबीच बैठक

रासस/एपी आइतबार, असोज १०, २०७८  १४:४०
1140x725

वासिङ्टन- भारत, जापान र अस्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार देश ‘क्‍वाड’लाई अत्यन्तै प्रतिस्पर्धात्मक समयमा पनि ‘आफ्नो काम कसरी गराउने’ भन्ने  विषय राम्ररी जानकारी भएको बताएका छन्।

कार्यक्रममा बाइडेनसँगै साझेदार देशका नेताहरू अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योसिहियो सुगाले चीनको बढ्दो प्रभावका विषयमा आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा अमेरिकी राष्ट्रपति बाइडेनले चीनमाथि जबर्जस्त आर्थिक व्यवहार र सैन्य गतिविधि बढाएको आरोप लगाएका थिए।

क्‍वाड देशका नेताबीच भएको यो पहिलो औपचारिक भेटवार्ता थियो। यस क्रममा प्रत्यक्ष रूपमा चीनको नाम नलिए पनि इन्डो प्यासिफिकका विषय नै चार नेताको भेटवार्ताको प्रमुख विषय थियो।

त्यस क्रममा जापानका प्रधानमन्त्री सुगाले दक्षिण चीन सागरमा बढ्दै गएको चिनियाँ गतिविधिको उद्देश्यप्रति प्रश्न उठाएका थिए। दक्षिण चीन सागरमा पछिल्ला वर्ष चीनले आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको छ। लामो समयदेखि जापानको नियन्त्रणमा रहेको टापुलाई बेइजिङले आफ्नो दाबी गरेसँगै दक्षिण चीन सागरमा जापानको चासो बढेको हो। त्यस क्रममा जापानका प्रधानमन्त्री सुगाले ताइवानप्रति चिनियाँ व्यवहारप्रति समेत चासो व्यक्त गरेको जापानका विदेशी सञ्चारमाध्यम हेर्ने तोमोयोकी योसुदाले बताएका छन्।

ताइवानले प्यासिफिक व्यापारमा रहेका १६ सदस्यीय समूहमा बस्न निवेदन दिएसँगै बिहीबार चीनका २४ युद्धक विमानले ताइवानको गस्ती गरेका थिए। ‘प्रधानमन्त्रीले ताइवानमा शान्ति तथा स्थिरताको पक्षमा आफ्नो आवाज उठाएका छन्,’ योसुदाले जानकारी दिएका छन्।

भेटवार्तासँगै चार देशका नेताहरूले एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ‘पूर्वी र दक्षिण चीन सागर सहित समुन्द्री नियममा आधारित व्यवस्थामा आउने चुनौतीको सामना गर्ने,’ उल्लेख गरिएको छ।

यस्तै क्‍वाड देशबीचका नेताहरूको बैठकमा १०० मिलियन डलरको लागतमा भारतले निर्माण गर्ने कोभिड भ्याक्सिन र उपचारका लागि आवश्यक पर्ने औषधिका लागि जापानले सहयोग गर्ने बताएको छ। यस्तै चार देशका नेताले सेमिकण्डक्टर निर्माण र वितरणलाई प्रभावकारी बनाउने बताएका छन्। हाल कम्युटरलगायतका विद्युतीय सामग्रीमा प्रयोग हुने सेमिकण्डक्टरमा चीनको एकाधिकार छ। यस्तै नेताहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित लगायतका विषय अध्ययन गर्न अमेरिकाका प्रमुख विश्वविद्यालयमा छात्रवृत्रिको व्यवस्था मिलाउने विषयमा पनि सहमति जनाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बाइडेनले समान सोच भएका साझादेर देशहरुले कोभिड महामारी, जलवायु परिर्वतन र अन्य आधारभूत विषयमा सहमति गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन्। उनी यस मामिलामा प्रजातान्त्रिक देश र साम्यवादी देशबीच प्रतिस्पर्धा होस् भन्ने चहान्छन्।

मोरिसन र अन्य नेताले बाइडेनको उक्त सन्देशलाई गम्भीर रूपमा लिएको बुझिएको छ। ‘हामी प्रजातान्त्रिक देश हौँ र अभिव्यक्ति स्वतन्त्रताको हामी पक्षपाती हौँ,’ अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले भनेका छन्, ‘हामी खुला र स्वतन्त्र इन्डो प्यासिफिक क्षेत्रमा विश्वास राख्छौँ, त्यसैले मात्रै बलियो, स्थिर र समृद्ध विश्वका लागि टेवा पुर्‍याउँछ।’

यस्तै क्‍वाड सम्मेलनअघि अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्ता भएको छ। राष्ट्रपति बाइडेनले भारतसँगको सम्बन्धको चर्चा गर्दौ आफ्नो प्रशासनमा उपराष्ट्रपति रहेकी कमला ह्यारिस भारतीय मूलको भएको बताए। यस्तै राष्ट्रपति बाइडेनले आफ्नो परिवार पनि भारतीय उपमहाद्विपसँग सम्बन्धित रहेको बताएका छन्।

सो क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले आफूले विश्वकै ठूलो प्रजातान्त्रिक मुलुकसँग सम्बन्ध बलियो बनाउन लागेको बताएका थिए। अमेरिकाका लागि भारत रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण देश हो। भारत चीन र अफगानिस्तान दुवैसँग सीमा जोडिएको देश हो। पछिल्लो समय अफगानिस्तानमा तालिबानले सत्ताकब्जा गरेको छ।

Xtrem

Xtrem

'म के कुरामा विश्वस्त छु भने, अमेरिका र भारत मिलेर काम गर्ने हो भने विश्वका धेरै समस्याको समाधान गर्न सकिन्छ,' राष्ट्रपति बाइडेनले भारतीय प्रधानमन्त्री मोदीसँग भनेका छन्।

क्‍वाड एक अनौपचारिक समूह हो, जुन २००४ मा इन्डियन ओसियनमा सुनामी आउँदा गठन गरिएको थियो। उक्त सुनामीमा कम्तिमा दुई लाख ३० हजार व्यक्तिको निधन भएको थियो। बाइडेनले पुरानो समूहलाई सक्रिय बनाउने कोसिस गर्दै छन्। अमेरिकी राष्ट्रपति बाइडेनको विदेश नीतिको प्रमुख उद्देश्य नै इन्डो प्यासिफिकमा बढी ध्यान केन्द्रित गर्दै चीन लक्षित गतिविधि सञ्चालन गर्ने हो।

क्‍वाड समूहको यसअघि मार्च महिनामा 'भर्चुअल' माध्यमबाट अनौपचारिक बैठक बसेको थियो। उक्त बैठकले भारतमा भइरहेको कोभिड भ्याक्सिन उत्पादनलाई अझ तीव्रता दिने सहमति गरेको थियो।

शुक्रबार बसेको क्‍वाड समूहको बैठकका क्रममा भारत र जापानले हालै अस्ट्रेलिया, अमेरिका र बेलायतबीच भएको ओकस सम्झौतालाई स्वागत गरेका छन्। ओकस सम्झौतासँगै अस्ट्रेलियाले परमाणु ऊर्जाबाट सञ्चालन हुने पानडुब्बी जहाजमा आफ्नो पहुँच स्थापित गर्नेछ। योसँगै इन्डो प्यासिफिक क्षेत्रमा अस्ट्रेलियाको प्रभाव बढ्ने अनुमान गरिएको छ।

जर्ज डब्लु बुसको कार्यकालमा अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‍मा एसिया निर्देशकका रूपमा कार्य गरेका माइकल ग्रिनले ओकस सम्भौतालाई लिएर जापान र भारत खुसी भएको बताएका छन्। ‘बढ्दो चिनियाँ शक्तिलाई आगामी ५० वर्षसम्म सन्तुलनमा राख्न  र इन्डो प्यासिफिक क्षेत्रमा साझेदार देशले आफ्नो प्रभाव बनाइराख्न उक्त सम्झौता महत्त्वपूर्ण छ,’ माइकल ग्रिनले भनेका छन्।

परमाणु ऊर्जाबाट सञ्चालन हुने पानडुब्बी जहाजसँगै अस्ट्रेलियाले प्यासिफिक क्षेत्रमा लामो समयसम्म गस्ती गर्नसक्ने र चिनियाँ नउ सेनालाई टक्कर दिन सक्ने विश्वास गरिएको छ। ओकस सम्झौताले अस्ट्रेलियालाई खुसी बनाउँदा अमेरिकाको पुरोना मित्र शक्ति फ्रान्स भने रुष्ट छ। फ्रान्सले अमेरिकालाई ‘पछाडिबाट छुरा धसेको’ आरोपसमेत लगाएको छ। ओकस सम्झौताअघि अस्ट्रेलिया र फ्रान्सबीच अर्को सम्झौता २०१६ मा भएको थियो। जसअन्तर्गत फ्रान्सले अस्ट्रेलियालाई डिजेलबाट सञ्चालन हुने पानडुब्बी निर्माण गरेर दिने उल्लेख थियो।

अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनबीच बुधबार करिब आधा घण्टा भएको टेलिफोन वार्तासँगै दुई देशबीचको सम्बन्धमा केही सुधार आएको बताइन्छ। दुई देशका नेताले इन्डो प्यासिफिक क्षेत्रमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले क्‍वाड समूहको आलोचना गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता लिजियानले क्‍वाड समूहको आलोचना गर्दै भने, ‘एक बन्द समूह, जुन एक देशप्रति लक्षित छ। यो क्षेत्रीय देशहरूको आकांक्षाको विपरीत आएको समूह हो। यसले कुनै समर्थन प्राप्त गर्ने छैन र समयक्रममा असफल हुनेछ।’ उनले यो समूहले हतियारमा प्रतिस्पर्धा गराएको आरोपसमेत लगाएका थिए।

गएको हप्ता अत्यन्तै व्यस्तताबीच अमेरिकी राष्ट्रपति बाइडेनको समय बित्यो। गएको हप्ता (मंगलबार) मात्रै उनले संयुक्त राष्ट्रसंघको ७६औँ महासभालाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले चीनसँग कुनै पनि प्रकारको शीत युद्ध नचाहेको बताएका थिए। यस्तै उनले कोभिड महामारीका विषयमा विश्वभरका नेताहरूको 'भर्चुअल' बैठकको आयोजना गरेका थिए। 

अस्ट्रेलिया र अमेरिकाले चिनियाँ अर्थतन्त्र र सैन्य शक्तिसँग जुध्‍ने धेरै उपायमा छलफल गरेका छन्। त्यसका अतिरिक्त अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले ह्वाइट हाउस छोड्नुअघि चीनसँग सार्वजनिक रूपमा कुनै वादविवाद नगर्ने प्रतिबद्धता जनाएको अन्तर्राष्टिय समाचार संस्था एपीले जनाएको छ।

‘हामी यहाँ हाम्रो क्षेत्रलाई बलियो, समृद्ध र स्थायी बनाउन जुटेका हौँ। यस क्षेत्रका जनताको भविष्य निर्धारण गर्न यो बैठक सहायक सिद्ध हुनेछ,’ अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले बताएका छन्।

क्‍वाड बैठकमा भेला भएका चार देशका नेताहरूले अफगानिस्तानको विषयमा गम्भीरतापूर्वक छलफल गरे। बैठकपछि जारी भएको संयुक्त विज्ञप्तिमा ‘सीमापार हमला र आतंकवादी आक्रमण गर्नसक्ने हुँदा तालिबानी सरकारलाई कुनै पनि प्रकारको सैन्य, आर्थिक सहयोग नगर्ने,’ उल्लेख गरिएको छ। उक्त विषयमा भारतीय प्रधानमन्त्री मोदीको विशेष चासो रहेको बताइन्छ। तालिबानी समूहले विगतमा भारतमाथि आक्रमण गरेको नजिरबीच भारतीय प्रधानमन्त्री मोदीले उक्त समूहलाई कुनै प्रकारको सहयोग नगर्न प्रस्ताव राखेका थिए।

बाइडेनसँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले अफगानिस्तानको विषयमा छलफल गर्दै तालिबान समूहलाई संयुक्त राष्टसंघमा सामेल गर्न भएको प्रयासप्रति आपत्ति जनाउने अनुमान गरिएको थियो। भारतीय सरकारले काबुलको सत्ताकब्जामा पाकिस्तानी गुप्तचरको सहयोग रहेकोभन्दै आपत्तिसमेत जनाएको थियो।

अर्कोतर्फ जापानका प्रधानमन्त्री सुगाले उत्तर कोरियाको विषयमा चासो देखाएका थिए। प्योङयानले गत हप्ता मात्रै ब्यालिस्टिक मिसाइल सफल परीक्षण गरेको दाबी गरेको थियो। त्यसअघि उत्तर कोरियाले यसै महिना पानी जहाजबाट मिसाइल परीक्षण गरेको दाबी गरेको थियो। उक्त मिसाइललाई उत्तर कोरियाले परमाणु अस्त्र बनाउने उद्देश्य राखेको र त्यसले १५ सय किलोमिटरसम्म मार हान्नसक्ने बताइएको छ। जापानमा रहेको अमेरिका र जापानको संयुक्त सैन्य क्याम्प त्यही दूरीभित्र पर्दा जापान उत्तर कोरियालाई लिएर थप चिन्तित छ।

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशनको बन्द सत्रबाट कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पारित
गण्डकी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश
विगतमा कहिल्यै यस्तो छलफल भएको थाहा छैन : आङ्देम्बे
सम्बन्धित सामग्री
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनको बन्द सत्रबाट कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पारित बुधबार, असोज २१, २०८३
गण्डकी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश बुधबार, असोज २१, २०८३
विगतमा कहिल्यै यस्तो छलफल भएको थाहा छैन : आङ्देम्बे बुधबार, असोज २१, २०८३
काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी बुधबार, असोज २१, २०८३
कांग्रेस सभापतिको उमेदवारी  फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्