काठमाडौं- पश्चिमी अफगानिस्तानको हेरात सहरका चार जनाको शव झुन्ड्याइएकाे अवस्थामा फेला परेका छन्। शनिबार सहरका फरकफरक स्थानका चोकमा झुन्ड्याइएको अवस्था उनीहरुलाई फेला पारिएको हो।
बीबीसीको फारसी सेवाको रिपोर्टअनुसार ती चार जनालाई तालिबानले अपहरणको आरोपमा पक्राउ गरेको थियो। उनीहरूलाई पहिले गोली हानिएको र त्यसपछि क्रेनको सहयोगमा उनीहरुको शवलाई झुन्डाइएको समाचारमा उल्लेख छ।
तालिबानका अधिकारीले भने यस घटनाबारे अहिलेसम्म आधिकारिक रूपमा जानकारी दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।