काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गर्दै भारतको चर्को आलोचना गरेका छन्।
प्रधानमन्त्री खानले कश्मीरको मुद्दा उठाउँदै भारतले पाँच अगस्ट २०१९ पछि अवैध र एकतर्फी कदम उठाएको बताएका छन्।
पाकिस्तानी प्रधानमन्त्री खानले भारतले कश्मीरमा ९ लाख सैनिको तैनाथ गरेको र कश्मीरका नेताहरुलाई जेलमा बन्द गरेको आरोप लगाए। सञ्चारमाध्यम र इन्टरनेटमा पनि भारतले प्रतिबन्ध लगाएको उनको आरोप छ।
पाकिस्तानी प्रधानमन्त्री खानले सम्बोधनमा भारतको नियन्त्रण भएको कश्मीरमा शान्तिपूर्ण प्रदर्शनलाई पनि बलपूर्वक रोक लगाइएको र १३ हजार कश्मीका युवालाई अपहरण र प्रताडित गरेको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।