काठमाडौं- तालिबान शासनमा धर्मको पालना सुनिश्चित गर्ने मन्त्रालयका प्रमुख मुल्ला नुरूद्दीन तुराबीले अफगानिस्तानमा एकपटक फेरि अपराधका लागि मृत्युको सजाय र हात-खुट्टा काट्ने सजायको प्रावधान राखिने जनाएका छन्।
दुई दशक पहिला तालिबान शासनका क्रममा अपराधका लागि कठोर सजाय दिनका लागि चिनिने मुल्ला नुरूद्दीन अहिले अफगानिस्तानको जेलको दायित्व सम्हालिरहेका छन्।
उनले समाचार एजेन्सी एपीलाई बताय, " यदी आवश्यक पर्यो भने हात-खुट्टा या शरीरको अंग काट्ने सजायलाई फेरि लागू गरिने छ।"
उनले १९९० को दशकको तालिबान सरकारकले अपराधिहरुलाई यस खालको सजाय सार्वजनिक गरेको थियो। लेकिन नयाँ शासनका क्रममा यस्तो नगर्ने बताएको थियो।
उनले तालिबानको शासनमा कठोर सजायको आलोचना माथि आक्रोश पोखेका छन्। उनले भने "कसैले हामीलाई हाम्रो कानुन के हुनुपर्छ भन्ने सिकाउन आवश्यक छैन।"
१५ अगस्टमा अफगानिस्तानमा कब्जापछि तालिबानले यसपटक कडा खालको कानुन लागू नगर्ने जनाएको थियो। तर देशका विभिन्न भागमा मानवअधिकार उल्लंघन र मानिसहरुमाथि बर्बर व्यवहारको समाचारहरु प्राप्त भएका बीबीसीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।