काठमाडौं– सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा दाबी गर्ने नेताहरु वडा तहमै पराजित भएका छन्। संस्थापन इतरको प्रभाव रहेको मानिएको जिल्लामा सोही समूहका प्रभावशाली मानिएका नेताहरु वडा तहमै पराजित भएका हुन्।
जिल्ला सभापतिका प्रत्यासीका रुपमा चर्चा गरिएका पुराना नेता भुपेन्द्रबहादुर थापा वडामै पराजित भएका हुन्।
नेपाल विद्यार्थी संघका महामन्त्री रहेका बलदेव तिमल्सिना पनि वडा तहमै पराजित भएका छन्। उनी कृष्ण सिटौला पक्षधर हुन्।
हालका जिल्ला सभापति विकास लामानिकट धेरै नेतासमेत वडम तहमै पराजित भएका हुन्। सभापति लामा पौडेलनिकट रहेका छन्। त्यसैगरी नेपाल महिला संघकी जिल्ला अध्यक्ष गीता नेपालसमेत वडा तहमै पराजित भइन्।
जिल्लाको सबै वडाबाट निर्वाचित प्रतिनिधिमा संस्थापन पक्षको वर्चस्व रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।