• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पदक लिनलाई एसएसपी नै एसपी बने, सिफारिसमा परेकाको नाम काटेर अरुले हत्याए

64x64
नारायण अधिकारी सोमबार, असोज ४, २०७८  १९:१०
1140x725

काठमाडौं– विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई प्रोत्साहनका लागि सरकारले हरेक वर्ष विभिन्न पदकबाट विभूषित गर्दै आएको छ।त्यसरी विभूषित हुनेहरूको सूची (विवरण) संविधान दिवसका दिन सार्वजनिक हुने गर्छ। 

तर, वर्षेनी यस्तो सूची बाहिर आउँदा राजनीतिक पहुँच र शक्तिकेन्द्रको आशीर्वाद पाउनेहरुले नै पदक पाउने गरेका थुप्रै दृष्टान्त पनि सार्वजनिक भइरहेका छन्। भनिराख्नुपर्दैन, त्यसमा कार्यसम्पादनमा अब्बल हुनेहरु भने प्रायः समेटिदैनन्।

अझ सुरक्षा निकायहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा त पदकवापत् कार्यसम्पादन मूल्यांकनमा २ अंक पाउने र बढुवा हुनेबेला त्यो धेरै अर्थपूर्ण हुने हुँदा यसरी वितरण गरिने पदकको ठूलो महत्त्व हुन्छ। त्यही कारण पनि यी दुई संगठनभित्र पदकको व्यापक दुरुपयोग हुँदै आएको छ। अघिल्ला वर्षहरु जस्तै यो वर्ष पनि प्रहरी र सशस्त्र प्रहरी बलमा सिफारिस नै नगरिएकाले पहुँचको आधारमा पदक हात पारेका छन्। यहाँ हामीले त्यसकै केही दृष्टान्त खोतलेका छौं।

एसएसपीलाई एसपीको पदक
विभूषण सिफारिस कार्यविधि एंव प्रदान सम्बन्धी मापदण्डअनुसार सुरक्षा निकायतर्फ बढुवा भएको मितिले एक वर्ष पूरा भएकालाई मात्रै पदक दिइने उल्लेख छ। तर, नेपाल प्रहरीका एसएसपी डिल्लीराज पन्तको हकमा भने त्यो लागू भएन। 

उनी २०७७ पुस २९ गते प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए। बढुवा भएको ९ महिनामै उनले पदकबाट विभूषित हुने अवसर पाए। अझ रोचक कुरा त एसएसपीमा बढुवा भएको एक वर्ष नपुगेकाले पन्तलाई एसपीको दर्जा उल्लेख गरेर पदक दिने निर्णय भएको छ।  उनी एसपी हुँदा नै पदक पाउने भए अघिल्लो वर्ष नै पदक पाउने सूचीमा उनको नाम हुनुपर्थ्यो। यसले नै पदक वितरणमा कतिसम्म चलखेल भएको छ भन्ने छर्लंग पार्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सिफारिसमा परेकाको नाम काटियो, सूचीमा अरुकै आयो 
विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड, २०७५ परिच्छेद ५ को (ड) मा सुरक्षा निकायका राष्ट्रसेवकहरुले पाउने पदकका लागि संगठन प्रमुखले नै सिफारिस गर्नुपर्ने उल्लेख छ। तर, प्रहरीमा संगठन प्रमुख बेगर नै शक्तिकेन्द्रको सिफारिसमा कैयौं प्रहरी पदक पाउनेको सूचीमा समेटिएका छन्। 

प्रहरी प्रधान कार्यालयले सिफारिस नै नगरेकाहरुले पनि पहुँचको भरमा पदक पाएका हुन्। स्रोतका अनुसार प्रहरी मुख्यालयले सिफारिस नै नगरेका एसएसपीहरु केदार ढकाल, जनक भट्टराई, सुदिप गिरी, उमेशराज जोशी, नरबहादुर केसी, पूजा सिंह, मोहनकुमार आचार्यले शक्तिकेन्द्रको पहुँचको भरमा पदक कुम्ल्याएका छन्। 

२०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरु अहिले एसएसपी छन्। उनीहरुमध्येबाट नै एक जना प्रहरी महानिरीक्षक (आईजीपी)समेत हुनेछन्। यो ब्याचका अधिकांशले पदक पाउँदा ब्याचकै पहिलो नम्बरका एसएसपी सन्दिप भण्डारीको भने नाम नै काटिएको पाइएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले उनको नाम पदकका लागि सिफारिस गरेको थियो। तर, बढुवामा पदक वापतको २ अंकसमेत जोडिने हुँदा शक्तिकेन्द्रमार्फत् दबाब दिएर उनको नाम नै हटाउन लगाएको पाइएको छ। त्यो चलखेलमा यही ब्याचका एसएसपी टेकप्रसाद राई पनि पदकबाट बञ्चित भएका छन्। 

एसपीलगायत अन्य दर्जामा पनि त्यही स्थिति छ। प्रहरी प्रधान कार्यालयले सिफारिस नै नगरेका एसपीहरु पनि पदक पाउनेको सूचीमा छन्। त्यस्तै, डीएसपीहरु नरेशराज सुवेदी, शोभाकान्त खनाल, निरन्जनदत्त भट्ट, डिल्लीनारायण पाण्डेय पनि शक्तिकेन्द्रसम्मको पहुँचबाट पदक पाउने सूचीमा अटाएका छन्। प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरु शंकर पोखरेल, उमाशंकर प्रसाद शाहलगायतले पनि प्रहरी प्रधान कार्यालयको सिफारिसबिनै पदक पाउने सूचीमा आफ्नो नाम पारेका छन्। 

प्रहरी प्रधान कार्यालयले मान पदवी, विभूषण र अलंकारका लागि १४० जनाको नाम सिफारिस गरेको थियो। अहिले ११९ प्रहरी कर्मचारी मान पदवी, विभूषण र अलंकार पाउने सूचीमा छन्। प्रहरी प्रधान कार्यालयले पठाएको सिफारिसमा टिपेक्स लगाएर धेरैजसोले शक्तिकेन्द्रको आडमा आफ्नो नाम सूचीमा पारेका छन्। 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्