• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पदक लिनलाई एसएसपी नै एसपी बने, सिफारिसमा परेकाको नाम काटेर अरुले हत्याए

64x64
नारायण अधिकारी सोमबार, असोज ४, २०७८  १९:१०
1140x725

काठमाडौं– विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई प्रोत्साहनका लागि सरकारले हरेक वर्ष विभिन्न पदकबाट विभूषित गर्दै आएको छ।त्यसरी विभूषित हुनेहरूको सूची (विवरण) संविधान दिवसका दिन सार्वजनिक हुने गर्छ। 

तर, वर्षेनी यस्तो सूची बाहिर आउँदा राजनीतिक पहुँच र शक्तिकेन्द्रको आशीर्वाद पाउनेहरुले नै पदक पाउने गरेका थुप्रै दृष्टान्त पनि सार्वजनिक भइरहेका छन्। भनिराख्नुपर्दैन, त्यसमा कार्यसम्पादनमा अब्बल हुनेहरु भने प्रायः समेटिदैनन्।

अझ सुरक्षा निकायहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा त पदकवापत् कार्यसम्पादन मूल्यांकनमा २ अंक पाउने र बढुवा हुनेबेला त्यो धेरै अर्थपूर्ण हुने हुँदा यसरी वितरण गरिने पदकको ठूलो महत्त्व हुन्छ। त्यही कारण पनि यी दुई संगठनभित्र पदकको व्यापक दुरुपयोग हुँदै आएको छ। अघिल्ला वर्षहरु जस्तै यो वर्ष पनि प्रहरी र सशस्त्र प्रहरी बलमा सिफारिस नै नगरिएकाले पहुँचको आधारमा पदक हात पारेका छन्। यहाँ हामीले त्यसकै केही दृष्टान्त खोतलेका छौं।

एसएसपीलाई एसपीको पदक
विभूषण सिफारिस कार्यविधि एंव प्रदान सम्बन्धी मापदण्डअनुसार सुरक्षा निकायतर्फ बढुवा भएको मितिले एक वर्ष पूरा भएकालाई मात्रै पदक दिइने उल्लेख छ। तर, नेपाल प्रहरीका एसएसपी डिल्लीराज पन्तको हकमा भने त्यो लागू भएन। 

उनी २०७७ पुस २९ गते प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए। बढुवा भएको ९ महिनामै उनले पदकबाट विभूषित हुने अवसर पाए। अझ रोचक कुरा त एसएसपीमा बढुवा भएको एक वर्ष नपुगेकाले पन्तलाई एसपीको दर्जा उल्लेख गरेर पदक दिने निर्णय भएको छ।  उनी एसपी हुँदा नै पदक पाउने भए अघिल्लो वर्ष नै पदक पाउने सूचीमा उनको नाम हुनुपर्थ्यो। यसले नै पदक वितरणमा कतिसम्म चलखेल भएको छ भन्ने छर्लंग पार्छ। 

Ncell 2
Ncell 2

सिफारिसमा परेकाको नाम काटियो, सूचीमा अरुकै आयो 
विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धी मापदण्ड, २०७५ परिच्छेद ५ को (ड) मा सुरक्षा निकायका राष्ट्रसेवकहरुले पाउने पदकका लागि संगठन प्रमुखले नै सिफारिस गर्नुपर्ने उल्लेख छ। तर, प्रहरीमा संगठन प्रमुख बेगर नै शक्तिकेन्द्रको सिफारिसमा कैयौं प्रहरी पदक पाउनेको सूचीमा समेटिएका छन्। 

प्रहरी प्रधान कार्यालयले सिफारिस नै नगरेकाहरुले पनि पहुँचको भरमा पदक पाएका हुन्। स्रोतका अनुसार प्रहरी मुख्यालयले सिफारिस नै नगरेका एसएसपीहरु केदार ढकाल, जनक भट्टराई, सुदिप गिरी, उमेशराज जोशी, नरबहादुर केसी, पूजा सिंह, मोहनकुमार आचार्यले शक्तिकेन्द्रको पहुँचको भरमा पदक कुम्ल्याएका छन्। 

२०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरु अहिले एसएसपी छन्। उनीहरुमध्येबाट नै एक जना प्रहरी महानिरीक्षक (आईजीपी)समेत हुनेछन्। यो ब्याचका अधिकांशले पदक पाउँदा ब्याचकै पहिलो नम्बरका एसएसपी सन्दिप भण्डारीको भने नाम नै काटिएको पाइएको छ।

प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले उनको नाम पदकका लागि सिफारिस गरेको थियो। तर, बढुवामा पदक वापतको २ अंकसमेत जोडिने हुँदा शक्तिकेन्द्रमार्फत् दबाब दिएर उनको नाम नै हटाउन लगाएको पाइएको छ। त्यो चलखेलमा यही ब्याचका एसएसपी टेकप्रसाद राई पनि पदकबाट बञ्चित भएका छन्। 

एसपीलगायत अन्य दर्जामा पनि त्यही स्थिति छ। प्रहरी प्रधान कार्यालयले सिफारिस नै नगरेका एसपीहरु पनि पदक पाउनेको सूचीमा छन्। त्यस्तै, डीएसपीहरु नरेशराज सुवेदी, शोभाकान्त खनाल, निरन्जनदत्त भट्ट, डिल्लीनारायण पाण्डेय पनि शक्तिकेन्द्रसम्मको पहुँचबाट पदक पाउने सूचीमा अटाएका छन्। प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरु शंकर पोखरेल, उमाशंकर प्रसाद शाहलगायतले पनि प्रहरी प्रधान कार्यालयको सिफारिसबिनै पदक पाउने सूचीमा आफ्नो नाम पारेका छन्। 

प्रहरी प्रधान कार्यालयले मान पदवी, विभूषण र अलंकारका लागि १४० जनाको नाम सिफारिस गरेको थियो। अहिले ११९ प्रहरी कर्मचारी मान पदवी, विभूषण र अलंकार पाउने सूचीमा छन्। प्रहरी प्रधान कार्यालयले पठाएको सिफारिसमा टिपेक्स लगाएर धेरैजसोले शक्तिकेन्द्रको आडमा आफ्नो नाम सूचीमा पारेका छन्। 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सुनचाँदीको मूल्य घट्यो बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य बिहीबार, माघ ८, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्