काठमाडौं- अमेरिका र अस्ट्रेलियाबीच भएको परमाणु पान्डुबी सम्बन्धी सम्झौतामा फ्रान्सले कडा प्रतिक्रिया जनाएको छ।
अस्ट्रेलियाले यसअघि परमाणु पान्डुबी फ्रान्ससँग खरिद गर्ने सम्झौता गरेको थियो तर, अहिले त्यसलाई भंग गरेको छ। यस सम्झौताका कारण फ्रान्स रिसाएको त्यहाँका विदेश मन्त्री जईव ले ड्रियाको भनाइले स्पष्ट भएको बीबीसीले उल्लेख गरेको छ। उनले यसलाई "ढाडमा छुरा घोप्ने काम" भएको बताए।
फ्रान्सले पाँच वर्ष पहिला पारम्परिक रूपमा सञ्चालित १२ पान्डुबी अस्ट्रेलियालाई बेच्नका लागि एक सम्झौतामा हस्ताक्षर गरेको थियो। यो सम्झौता ५६ बिलियन यूरोमा भएको थियो। यसबीचमा अमेरिका, बेलायत, अस्ट्रेलियाबीच एक रणनीतिक साझेदारी भएको छ।
यी तीन देशबीच भएको सम्झौताले फ्रान्ससँग भएको पान्डुबी खरिदको सम्झौता समाप्त भएको छ। उनले यससँगै फ्रान्स र अस्ट्रेलियाबीचको विश्वासको सम्बन्ध टुटेको जनाएका छन्।
फ्रान्स अस्ट्रेलियासँग रिसाएको छ। त्यसभन्दा धेरै अमेरिकासँग रिसाएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी दबाबका कारण अस्ट्रेलियाले आफूसँगको सम्झौता तोडेको फ्रान्सको बुझाइ छ।
ड्रियनले अमेरिकी राष्ट्रपति जो वाइडेनको व्यवहार एकतर्फी, क्रूर र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको याद गराउने खालको रहेको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।