काठमाडौं- अमेरिका, बेलायत र अस्ट्रेलियाको बीचमा भएको नयाँ रक्षा सम्झौताबारे चीनले टिप्पणी गरेको छ।
चीनविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियाले एक विशेष सुरक्षा समझौताको घोषणा गरेसँगै चीनले त्यसले शीत युद्धको मानसिकतालाई दर्शाउनले टिप्पणी गरेको हो।
यो नयाँ सुरक्षा सम्झौता एशिया प्यासिफिक क्षेत्रमा चीनको प्रभावसँग मुकाबला गर्नका लागि बनाइएको जनाइएको छ। यो सम्झौताको माध्यमबाट अमेरिकाले अस्ट्रेलियालाई परमाणु पान्नडुबीको प्रविधी उपलब्ध गराउने छ।
चीनले यसबारे भनेको छ, “यही कारण हतियारको अन्तर्राष्ट्रिय प्रसार रोक्ने प्रयासमा धक्का लाग्छ।”
चीनले अस्ट्रेलिया-अमेरिका परमाणु पान्नडुबी सम्झौतालाई ‘निकै गैरजिम्मेवारीपना’ बताएको बीबीसीले उल्लेख गरेको छ।
चीनका विदेश मन्त्रालयका प्रवक्ताले कुनै पनि क्षेत्रीय गठबन्धन, कुनै अर्को देशलाई लक्षित गर्नका लागि बनाउन नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।