सामसङले नेपालमा आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिजको एण्ट्री-लेभललाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए०८ एलटीई फोन नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन बनाइएको हो ।
सामसङ नेपालका एमएक्स बिजनेशका सिनियर डाइरेक्टर प्रणयरत्न स्थापितले भने, 'नयाँ ग्यालेक्सी ए सिरिजले थप ग्यालेक्सी प्रयोगकर्ताहरूसम्म नवीनतम् प्रविधिहरू पुर्याउँदै एआई को पहुँचलाई सर्वसुलभ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। सामसङका आधारभूत क्षमताहरू र उत्कृष्ट 'असम इन्टेलिजेन्स' को संयोजनका साथ ग्यालेक्सी ए०८ एलटीईले दैनिक जीवनमा भरपर्दो कार्यक्षमता प्रदान गर्नेछ।'
फराकिलो डिस्प्लेमा सहज भ्युइंग अनुभव
ग्यालेक्सी A08 LTE मा ८.० मिमी पातलो बडी र ६.७ इन्चको ठूलो डिस्प्ले रहेको छ, जुन डार्क ब्लु (Dark Blue), सिल्भर (Silver) र ग्रिन (Green) गरी तीन उत्कृष्ट रंगहरूमा उपलब्ध छ। सामसङले यसमा सफा र आकर्षक डिजाइन दिएको छ, जसले दैनिक मिडिया हेर्ने अनुभवलाई अझ उत्कृष्ट र लोभलाग्दो बनाउँछ।
६,००० mAh को ठूलो ब्याट्री
पटक-पटक फोन चार्ज गर्ने झन्झटविना आफ्नो काम र मनोरञ्जनलाई निरन्तरता दिन नयाँ ग्यालेक्सी A08 मा ६,००० mAh (टाइपिकल) को विशाल ब्याट्री राखिएको छ, जसले गर्दा प्रयोगकर्ताहरूले दिनभर निश्चिन्त भएर कन्टेन्ट स्ट्रिमिङ, सोसल मिडिया ब्राउजिङ र गेमिङको मजा लिन सक्नेछन्।
दीर्घकालीन सुरक्षा र टिकाउपन
यो डिभाइस, प्रयोगकर्तालाई लामो समयसम्म भरपर्दो कार्यक्षमता, सुरक्षा र ढुक्कको महसुस गराउने गरी बनाइएको छ। IP64 रेटेड धुलो र पानी प्रतिरोधी क्षमता भएकाले यो दैनिक जीवनमा हुने धुलो, फोहोर र पानीका छिटाहरूबाट सुरक्षित रहन्छ। यसको मूल्यलाई अझ दीर्घकालीन बनाउन सामसङले ६ जेनेरेसनसम्म OS अपग्रेड र ६ वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराउनेछ, जसले ग्यालेक्सी A08 लाई आगामी वर्षहरूसम्म सुरक्षित, अद्यावधिक र नयाँ फिचरहरूले सुसज्जित राखिराख्नेछ।
उपलब्धता र मूल्य

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।