काठमाडौं– संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौं नागरिकलाई मानवीय सहायताको आवश्यकता रहेकोे जनाएको छ। संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका हुन्।
ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधिलगायत आधारभूत तथा अन्य सामग्रीहरुको खाँचो रहेको गिरिफिथले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा बताएका हुन्।
संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरुले यसअघि नै सिरियाको उत्तरपश्चिमी क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताएका थिए।
बुधबार संयुक्त राष्ट्रसंघमा ब्रिफिङका क्रममा सहयता प्रमुख गिरिफिथले यहाँ एक करोड १३ लाख मानिसमा यस्तो सहायता आवश्यक रहेको बताएका हुन्।
ती नागरिक सिरियामा भएको करिब एक दशक लामो द्वन्द्वको चपेटामा परेका हुन। उनीहरु खाना र बासकै समस्यामा परेका जनाइएको छ।
द्वन्द्वग्रस्त क्षेत्र भएकाले सरकारले पनि सहायता सामग्री पु¥याउन सकिरहेको छैन। पछिल्लो समयमा त्यहाँ कोभिडको पनि समस्या देखिएको छ।
सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो। सिरिया लामो समयदेखि हिंसा जारी छ। यहाँका लाखौं नागरिक हिंसाका कारण विस्थापित बनेका छन्े भने ४ लाखभन्दा पनि बढीले ज्यान गुमाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।