काठमाडौं- तालिबानले आफ्नो घर खाली गर्न उर्दी जारी गरेपछि अफगानिस्तानको कान्दाहारमा हजारौं नागरिकले बुधबार विरोध प्रदर्शन गरेका छन्।
तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न आदेश दिएको हो।
उक्त आदेशको विरोधमा प्रदर्शन भएको न्युज प्रेस एजेन्सी द खामाले जनाएको छ।
‘हामी यो ठाउँमा बस्दै आएको २० वर्ष भयो, यो सरकारी ठाँउ हो भन्ने कुरामा हामी सहमत छौं तर हामीले यहाँ घर बनाएका छौं। तालिबानले हामीले यी घरहरू खाली गर्नुपर्छ भन्दै आएको धेरै दिन भइसक्यो,’ एक प्रदर्शनकारीलाई उद्धृत गरी टोलोन्युजले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।