काठमाडौं- बेलायतका लागि चिनियाँ राजदूत झेंग जेगुआङ्गले बेलायती संसदको स्वागत समारोहमा सहभागी हुन नपाउने भएका छन्।
बेलायतका पाँच सांसद तथा उनीहरुका दुई सहकर्मीमाथि लगाएको प्रतिबन्ध कायम रहेसम्म जेगुआङ्गलाई संसदमा आउन सभामुख सर लिन्से होली र हाउस अफ लर्डका सभामुख लर्ड म्याकफलले प्रतिबन्ध लगाएका हुन्।
गएको मार्चमा चीनले आफ्नो देशका सम्बन्धमा गलत सूचना प्रवाह गरेको आरोपमा बेलायतका पाँच सांसद र उनीहरुका दुई सहकर्मीमाथि यात्रा प्रतिबन्ध लगाउँदै सम्पत्ति 'फ्रीज' गरेको थियो।
सिन्जियाङ्गमा मानव अधिकारको उल्लंघन भएको भन्दै बेलायतीले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएको जवाफमा चीनले सांसदमाथि प्रतिबन्ध लगाएको हो।
चीनका सम्बन्धमा सर्वदलीय समूहको आयोजनामा बुधबार हाउस अफ कमन्समा स्वागत कार्यक्रम रहेको छ। उनलाई बन्देज लगाएपछि
बेलायतस्थित चिनियाँ दूतावासले यसले दुवै देशको हितलाई असर गर्ने बताएको छ।
चीनले बेलायतको लागि राजदूत नियुक्त गरेपछि उनले गत जुलाईमा बेलायती महाराजी एलिजोबेथसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।