काठमाडौं- प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रीमण्डलमा हेरफेर गर्ने भएका छन्।
नयाँ मन्त्रीमण्डलमा विदेशमन्त्री डोमिनिक राबलाई अहिलेको मन्त्रालयबाट हटाइएको छ।
यद्यपि, राब न्यायमन्त्री बन्ने र उपप्रधानमन्त्रीको भूमिका पनि निर्वाह गर्ने डाउनिङ स्ट्रीट स्रोतले जनाएको छ।
स्थानीय सञ्चार माध्यमका अनुसार अफगानिस्तानबाट बेलायतको बहिर्गमन र काबुल तालिबानको कब्जामा गएको केही घण्टापछिसम्म छुट्टीमा रहने निर्णय लिएका राब प्रधानमन्त्रीको निशानामा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।