काठमाडौं- तालिबानले अफगानिस्तान कब्जा गरेपछि इरानले पहिलोपटक हवाई सेवा सुरु गरेको छ।
बीबीसी उर्दूका अनुसार इरानको आधिकारिक च्यानल अल आलमले हवाई सेवा सुरु गरेको जानकारी दिएको हो।
समाचारमा जनाइएअनुसार इरानको महान एयरलाइन्सको विमान बुधबार १९ यात्रु लिएर काबुल अवतरण गरेको थियो।
यसभन्दा पहिले सोमबार पाकिस्तानबाट एक चार्टर विमान काबुल पुगेको थियो। उक्त विमानमा केहि मानिसहरु लिएर इस्लामाबाद फर्किएका थिए।
गत हप्ता कतार एयरवेजको उडानबाट १२ जनालाई उद्धार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।