काठमाडौं- कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग "स्पष्ट" सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।
कतारका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले मङ्गलबार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालन बारे जिम्मेवारी नलिने घोषणा गरेका हुन्।
कतारका विदेशमन्त्री थानी अफगानिस्तानको राजधानी काबुल पुगेका थिए। जहाँ उनले देशका नयाँ प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुंदसँग भेटवार्ता गरेका थिए।
तालिबानले अफगानिस्तानमा जितेपछि कुनै वरिष्ठ विदेशी प्रतिनिधिमण्डलको यो पहिलो भ्रमण हो।
अफगानिस्तानका निजी समाचार च्यानल टोलो न्यूजका संवाददाता अब्दुल हक उमरीले कतारका विदेश मन्त्री आएको भिडियो पोस्ट गरेका थिए जहाँ अफगानिस्तानका उपप्रधानमन्त्री अब्दुल सलाम हनफी उनको स्वागत गरेका थिए।
कतारका विदेश मन्त्रीले यस बाहेक पूर्व राष्ट्रपति हामिद करजाई र पूर्व सीईओ अब्दुल्ला अब्दुल्लासँग पनि भेटवार्ता गरेका थिए।
तालिबान नेताहरुसँगको कुराकानीपछि ‘द्विपक्षीय सम्बन्ध, मानवीय सहायता, आर्थिक विकास र विश्वका साथ लगातार विचार-विमर्श जस्ता मुद्दा शामिल’ रहेको जनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।