• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हिन्दुत्वबारे अमेरिकामा भएको सम्मेलनलाई लिएर किन भइरहेको छ 'हंगामा'?

64x64
नेपाल लाइभ मंगलबार, भदौ २९, २०७८  १५:१८
1140x725

काठमाडौं- अमेरिकामा हिन्दुत्वलाई लिएर भएको एक भर्चुअल सम्मेलन विवादकाबीच समाप्त भएको छ। 

'डिस्मेन्टलिङ ग्लोबल हिन्दुत्व' नाममा भएको यो भर्चुअल कार्यक्रममा हिन्दुत्वलाई घृणाबाट प्रेरित विचाराधारा भनिएको र यसले ठूलो प्रश्न खडा गरिदिएको आलोचकहरुको भनाइ छ।

सम्मेलन आयोजकले भने बिरोध गर्नेहरुले आफूहरूको आवाज दबाउने र प्यानलमा सहभागी विद्वानहरुलाई डराउने कोशिस गरेको आरोप लगाएका छन्। 

उता विरोध गर्नेहरुको समूहले भने उक्त हिन्दुत्वसम्बन्धी सम्मेलन राजनीतिबाट प्रेरित रहेको र यसको उद्देश्य विश्वमा ‍‍ भारतवर्ष र हिन्दू धर्मको छविलाई नकारात्मक बनाउनु रहेको आरोप लगाएको बीबीसीले जनाएको छ। 

के थियो डिस्मेन्टलिङ् ग्लोबल हिन्दुत्व कन्फरेन्स?

१०-१२ सेप्टेम्बरमा अनलाइनमा भएको यो सम्मेलन अमेरिका, बेलायत र यूरोपका ५३ विश्वविद्यालयका ७० भन्दा धेरै केन्द्र, इन्स्टीच्यूट, कार्यक्रम र एकेडेमिक विभागको समर्थनमा भएको थियो। यसलाई अमेरिकाको ‍हार्वर्ड, स्टेनफर्ड, प्रिन्स्टन, कोलम्बिया, बर्कले, यूनिवर्सिटी अफ शिकागो, द यूनि‍भर्सिटी अफ पेन्सिलवीनिया र रटजर्स जस्ता प्रसिद्ध विश्वविद्यालयको सहयोग र समर्थन प्राप्त थियो। 

आयोजकका अनुसार यस सम्मेलनमा सहभागी हुनका लागि दश हजार भन्दा धेरै मानिसले आवेदन दर्ता गरेका थिए र साढे ७ हजार भन्दा धेरै मानिस यसमा जोडिएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

सम्मेलनको आयोजकमा सहभागी प्रिन्सटन विश्वविद्यालयमा इतिहासका प्राध्यापक ज्ञान प्रकाशले भने, "डिस्मेन्टलिंग ग्लोबल हिन्दुत्व सम्मेलनको उद्देश्य हिन्दुत्व र भारतवर्षको विविधतामाथिको असरको विश्लेषण गर्नु थियो। भारतवर्षमा अलग-अलग धर्म छ, अल्पसंख्यक छन्, दलित छन्, महिला छन् उनीहरुमाथि हिन्दुत्वको के  असर परिरहेको छ, यसमाथि सम्मेलनमा चर्चा गरिएको थियो।"

ज्ञान प्रकाश भन्छन्, "आज हिन्दुत्व वैश्विक स्तरमा प्रसारको ‍कोशिस गरिरहेको छ, त्यसैले हामीले यो कन्फरेन्सको माध्यमबाट यो बुझ्ने कोशिस गरेका छौं कि ग्लोबल स्तरमाथि यसको असर कस्तो परिरहेको छ।" 

आयोजकका अनुसार अमेरिकी र अन्तर्राष्ट्रिय यूनिभर्सिटिको सहयोगसँग हिन्दुत्वका मुद्दाका बारेमा यो पहिलो सम्मेलन हो, जसमा ठूलो संख्यामा एकेडेमिक र शिक्षा जगतको शोधार्थी र शिक्षाविद् शामिल भए। तीन दिन चलेको सम्मेलनमा कुल नौ सत्र भएका थिए जसमा ३० भन्दा धेरै वक्ताले आफ्नो विचार राखेका थिए। 

यस सत्रमा ग्लोबल हिन्दुत्व के हो, हिन्दुत्वको राजनीतिक अर्थव्यवस्था, जाति र हिन्दुत्व, हिन्दुत्वको लिंग र यौनिक राजनीति, हिन्दुत्वको प्रोपोगाण्डा र डिजिटल इकोसिस्टम जस्ता विषयमा चर्चा गरिएको थियो। 

प्राध्यापक ज्ञान प्रकाश भन्छन्, "प्राध्यापक  क्रिस्टोफर जैफरले आफ्नो प्रस्तुतीमा कसरी र किन हिन्दुत्व १९९५ पछि वैश्विक स्तरमा बढेको छ? कसरी हिन्दुत्व विज्ञान विरुद्ध एजेण्डा चलाइरहेको छ, भन्नेबारे विचार व्यक्त गरेका थिए।"

किन भयो यस सम्मेलनको विरोध?

सामाजिक सञ्जालमा यस सम्मेलनको जबरजस्त ‍बिरोध भएको छ। आयोजकहरुले ‍सम्मेलनविरुद्ध चलाइएको अनलाइन अभियानहरुले यस सम्मेलनमा सहभागी विश्वविद्यालहरुको ‍सर्वर जाम भएका छन्। 

आयोजकहरुले यस सम्मेलनमा सहभागी विश्वविद्यालयका अध्यक्ष तथा अन्य अधिकारीहरुविरुद्ध दश लाख भन्दा धेरै इमेल पठाइएको बताएका छन्।

आयोजहरुको दाबी अनुसार ड्रयू विश्वविद्यालयको सर्वरमा केही मिनेट भित्रै तीस हजार भन्दा धेरै इमल पठाइएको छ। यो अनलाइन हमलाको कारण यूनिभर्सिटीहरुलाई सम्मेलनको नाम भएका सबै इमेललाई ब्लक गर्नु परेको थियो।

आयोजकहरुका अनुसार  सम्मेलनविरुद्धमा चलेका विस्तृत अभियानका बावजूद कुनै पनि विश्वविद्यालयले यसबाट आफ्नो हात झिकेका छैनन्। तर सम्मेलनको वेबसाइट दुई दिन बन्द रह्यो भने यसको फेसबुक पेज पनि बन्द गरिएको छ। 

भारतका हिन्दूवादी समूह र कार्यकर्ता बाहेक अमेरिकामा रहेका हिन्दू समूहले यस सम्मेलनको जबरजस्त बिरोध गरेका छन्। हिन्दू अमेरिकन फाउन्डेशनले यस सम्मेलनविरुद्ध एक अभियान नै चलाएको छ। 

यसको विरोधको कारण बताउँदै एचएएफको संस्थापक सुहाग शुक्लाले बीबीसीसँग भनिन्, "हामी 'हिन्दुहरुको छवि' लाई लिएर चिन्तित छैनौं। यो कार्यक्रम हिन्दुहरुको विरुद्ध आफ्नो घृणा भरिएको एजेन्डामा दशकबाट चलिरहेको छ।"

"हाम्रो चिन्ता यसलाई लिएर हो कि, प्राध्यापकहरुले एकेडेमिक स्वतन्त्रताको नाममा विभाजनकारी ‍र घृणा भरिएको भाषण दिनेछन् र यो राजनीतिक सक्रियतावादका साथ मिल्दा उदार शिक्षा व्यवस्थामा के असर पर्ला?" उनले भनिन्।

सुहाग भन्छिन्, "शिक्षाको उद्देश्य विद्यार्थीहरुको विभिन्न विचारलाई बुझ्नु र विभिन्न दृष्टिकोणलाई तर्कशीलता र सम्मानबाट हेर्न सिकाउनु हुन्छ। हामी यसलाई लिएर पनि चिन्तित छौं कि जब हिन्दूहरुलाई सार्वजनिक रुपमा अपमानित गरिनेछ र बर्बर बताइने छ। तब यसले हिन्दू विद्यार्थी र शिक्षकमाथि कस्तो असर पर्ला?"

सम्मेलनको आलोचकहरुले यस सम्मेलनमा हिन्दू धर्मलाई बदनाम गर्ने कोशिस गरिएको बताउँछन्। 

प्रोफेसर ज्ञान प्रकाश यस आलोचनालाई अस्वीकार गर्दै भन्छन्, "हामी हिन्दुत्व र हिन्दू धर्मलाई एक मान्दैनौं। यो दुई अलग-अलग हुन्। हिन्दुत्व एक राजनीतिक आन्दोलन हो। जबकि हिन्दू धर्म यसबाट बिलकुल अलग हो। हिन्दुत्वको समर्थक सधैं यो भन्ने प्रयास गर्छन् कि हिन्दुत्व नै हिन्दू धर्म हो। तर वास्तवमा यो बिलकुल अलग-अलग हो। हामी हिन्दुत्वमाथिको खतरालाई नजरअन्दाज गर्न सक्दैनौं। हामी देखिरहेका छौं कि, पछिल्लो छ-सात वर्षमा या ‍त्यस भन्दा पहिला‍ हिन्दुस्तानमा हिंसा भएको छ। वैश्विक स्तरमा पनि मानिसहरु हिन्दुत्व नै हिन्दू धर्म हो भनिरहेका छन्।"

अहिले हिन्दूवादी कार्यकर्ता कार्यक्रम आयोजकहरुले हिन्दूहरुसँग माफी माग्नुपर्ने बताउँछन्।

सुहाग भन्छिन्, "अब यो सम्मेलन भइसकेको छ। हाम्रो चिन्ता सही साबित भएको छ। सम्मेलन भन्दा पहिला सायदै विश्वविद्यालहरुले आयोजकलाई सन्देहको लाभ दिएका होलान् किनकी अधिकांश आयोजक या त उनका कर्मचारी छन् या त फ्याकल्टी। तर अब ‍जब यो सम्मेलनको सामाग्री बाहिर आएको छ। हामी आशा गर्छौं कि विश्वविद्यालय यसलाई देख्नेछन् ताकि उनीहरुलाई थाहा हुने छ कि जुन सम्मेलनका साथ उनीहरुको शाख आधिकारिक रुपमा जोडिएको थियो त्यसमा हिन्दूहरुप्रति कति आक्रोश र घृणा छ।"

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु
सम्बन्धित सामग्री
इजरायलको हमलापछि तेहरानको हवाई क्षेत्र बन्द इजरायली सेनाले दाबी गरेअनुसार अधिकांश मिसाइलहरूलाई बिचमै नष्ट गरिएको थियो। यद्यपि उत्तरी इजरायलमा धेरै विष्फोटका आवाजहरू सुनिएका थिए... सोमबार, जेठ २५, २०८३
दूषित खानाले वार्षिक १५ लाखको मृत्यु : विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार पाँच वर्षमुनिका बालबालिकाहरू दूषित खानाबाट हुने रोगको उच्च जोखिममा छन् । विश्व जनसङ्... आइतबार, जेठ २४, २०८३
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी 'आज पहिले मध्यपूर्वमा रहेका अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा अन्तर्राष्ट्रिय समुद्री यातायातलाई खतरा पुर्‍याउने दुई इरानी ड्रोनहर... आइतबार, जेठ २४, २०८३
ताजा समाचारसबै
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो शुक्रबार, जेठ २९, २०८३
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
संसदमा उठ्यो 'केपी ओलीलाई रास्वपाको सदस्यता' दिइएको विषय बिहीबार, जेठ २८, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्