काठमाडौं- एक दशकपछि इजरायलका प्रधानमन्त्रीले इजिप्टको भ्रमण गरेका छन्। यो भ्रमण यस्तो समयमा भएको छ, जतिबेला गाजापट्टीमा तनाब बढिरहेको छ।
सोमबार इजराइलका प्रधानमन्त्री नेफ्टाली बेनेटले इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सीसीसँग भेटवार्ता गरेका थिए। इजिप्टको राष्ट्रपति कार्यालयको आधिकारिक बयानमा अल सीसीले बेनेटसँग शर्म अल शेखको रेड सी रिसोर्टमा भेटवार्ता भएको हो।
इजिप्टको सरकारी टेलिभिजन च्यानलले दुबै नेताले आफ्नो राष्ट्रीय झन्डाको अगाडी बसेको तस्बिर देखाइएको छ, जसमा इजरायलका सैन्य प्रमुख र इजिप्टका विदेश मन्त्री र जासूसी सेवाका प्रमुख पनि सहभागी थिए।
२०१० मा इजिप्टमा राष्ट्रपति होस्नी मुबारकले इजरायली प्रधानमन्त्री नेतन्याहू, प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बास र अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनका साथ भेटवार्ता गरेका थिए।
यसको एक वर्षपछि इजिप्टमा चर्को बिरोध प्रदर्शन भएको थियो जसलाई अरब स्प्रिंग्सको नामले चिनिन्छ। र मुबारकलाई सत्ताबाट हटाइएको थियो।
अल-सीसीले सरकारी टेलिभिजन च्यानसँग आफूले र बेनेटले गाजापट्टीमा एक लामो संघर्ष विराम लागू गर्नेबारे चर्चा गरेको जनाए।
यसका साथ इथियोपियामा नील नदीमा बांधको विषयमा पनि चर्चा भएको थियो। जसलाई इजिप्टले पानी आपूर्तीको लागि खतरा मान्छ।
इजराइली प्रधानमन्त्रीले बैठकमा गाजामा स्थिरता कायम गर्नका लागि उनको देशको भूमिकालाई धन्यवाद दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।