काठमाडौं- तालिबानले आफ्ना प्रधानमन्त्री मुल्ला हसन अखुन्दको तस्बिर सार्वजनिक गरेको छ।
कतारको राजधानी दोहास्थित तालिबान कार्यालयका प्रवक्ता मोहम्मद नइमले ट्विटरमार्फत् प्रधानमन्त्री अखुन्दको नयाँ तस्बिर सार्वजनकि गरेका हुन्।
अफगानिस्तान कब्जा गरेको ३ हप्तापछि तालिबानले यही सेप्टेम्बर ७ तारिखका दिन आफ्नो नेतृत्वमा अन्तरिम सरकार घोषणा गरेको छ।
त्यसयता आज तालिबानले उनको तस्बिर सार्वजनिक गरिएको हो।
नइमले लेखेका छन्, ‘राष्ट्रपति भवनमा इस्लामिक एमिरेट अफगानिस्तानका प्रधानमन्त्री मुल्ला हसल अखुन्द।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।