काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानका लागि ६० मिलियन अमेरिकी डलर सहयोग आवश्यकता रहेको बताएको छ। राष्ट्रसंघले अफगानिस्तान ठूलो मानवीय संकटको सामना गरिरहेको भन्दै बाहिरि सहयोगको आवश्यकता रहेको बताएको हो।
सोमबार जेनेभामा गरिएको एक सम्मेलनमा राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले अफगानिस्तान नागरिकलाई तत्काल खाना, औषधि, स्वास्थ्य सेवा र सुरक्षित पानीको खाँचो रहेको बताए।
उनले भने, ‘दशकौंको युद्धपछि विश्व अफगानिस्तानका जनताको साथमा खडा हुने समय आएको छ। गत हप्ताको नाटकीय घटनाक्रमभन्दा पहिले नै अफगानिस्तान संसारको सबैभन्दा खराब मानवीय संकटसँग जुधिरहेको थियो। तर, अहिले लाखौं मानिसहरु घरबारविहीन छन्। साथै, देशमा गम्भीर खडेरीको सम्भावना छ।’
उनका अनुसार अफगानिस्तानका धेरै नागरिकसँग यस महिनाको अन्त्यसम्म खानको लागि खाद्यान्नसमेत छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।