काठमाडौं- भारतमा विगत २४ घन्टामा २७ हजार २ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा थप २ सय १९ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ४ लाख ४२ हजार भन्दा धेरैको मृत्यु भएको छ।
यसका साथ उक्त समयमा ३७ हजार ६८७ जना संक्रमणमुक्त भएका छन्।
अहिलेसम्म भारतमा ७४ करोड भन्दा धेरैले खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।