काठमाडौं- परमाणु प्रतिष्ठानमा निगरानीको लागि क्यामेरा राख्न इरानले अनुमति दिएको छ ।
परमाणु हातहतियारसम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय संवेदनशील निकाय इन्टरनेसनल अटोमिक ईनर्जी एजेन्सी (आइएईए)लाई इरानले नयाँ मेमोरी कार्डसहितको क्यामेरा राख्न अनुमति दिएको हो । योसँगै इरानको परमाणु प्रतिष्ठानको निगरानी हुने हुने भएको छ।
आइएईएका प्रमुख राफेल ग्रोसी र आइएईए ईरानका प्रमुख मोहम्मद इस्लामीबीच आइतबार भेटवार्ता भएको भेटमा २०१५ को परमाणु सम्झौतामा पनि हस्ताक्षर भएको छ।
सो सम्झौतापछि आइएईए प्रमुख ग्रोसीले निरन्तर इराकको राजधानी तेहरानको भ्रमण गर्न पाउने छन् । यसअघि ईरानले आफ्नो परमाणु निगरानीमा कुनै पनि निकायलाई अनुमति दिएको थिएन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।