काठमाडौं- तालिबानका प्रवक्ता सुहेल शाहीनले अफगानिस्तानमा अलकायदा अझै सक्रिय रहेको समाचारको खण्डन गरेका छन्।
तालिबानको पुनरागमनसँगै अफगानिस्तानमा अलकायदा सक्रिय रहेको समाचारहरु प्रकाशित हुन थालेपछि उनले त्यसको खण्डन गरेका हुन्। उनले अफगानिस्तानलाई आतंककारीको भर्ती केन्द्र हुन नदिने पनि पुन: दोहर्याएका छन्।
‘अफगानिस्तानलाई आतंकवादीको आक्षयस्थल, भर्ती केन्द्र, प्रशिक्षण केन्द्र वा रहन दिनेछैनौं भनेर हामीले दोहा सम्झौतामा प्रतिज्ञा गरेका छौं,’ उनले भने।
शाहीनले अलकायदा अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघको रिपोर्ट नै गलत रहेको समेत बताए।
पाकिस्तानी न्यूज च्यानल जियो न्यूजले शाहीनलाई यदि अल कायदाले अर्को ९र११ को आक्रमण गर्छ भने तालिबानले अल कायदालाई के गर्छ भनेर सोधेको थियो।
जवाफमा उनले भने, ‘हामीले एउटा नीति बनाएका छौं। अफगानिस्तानको भू–भाग आतंकवादी गतिविधिहरुको लागि प्रयोग गरिने छैन। हामी यसलाई कानून बनाउँछौं र अनुगमन गर्छौँ। हाम्रा सुरक्षा बल र खुफिया एजेन्सीहरु अधिक सक्रिय हुनेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।