• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
जब लोकबहादुरले देख्दै नदेखिने ठाउँबाट शव देखेको बताए आधा घण्टामा ६ जनाको हत्या, ट्रयाकर डगले दिएको थियो संकेत
64x64
नारायण अधिकारी आइतबार, भदौ २७, २०७८  १९:३८
1140x725
६ जनाको हत्या भएको घटनास्थल र हत्या आरोपी लोकबहादुर कार्की रातो घेरामा।

काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१, उम्लिङ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेका सोही ठाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार सार्वजनिक गर्‍यो। घटनापछि गाउँमै रहेका र प्रहरीलाई ‘सघाइरहेका’ लोकबहादुर हत्या गरिएका तेजबहादुर कार्कीका भजित नाता पर्ने हुन्। लोकबहादुरको भनाइ र व्यवहार बाझिएपछि प्रहरी अनुसन्धानको सुई उनीतिरै सोझियो। केही महत्त्वपूर्ण क्लुसहित प्रहरीले उनलाई पक्राउ गर्‍यो। र, अन्ततः उनले प्रहरीसमक्ष घटनामा आफ्नो संलग्नता स्वीकार गरे। 

गत सोमबार ८४ वर्षीया पार्वती कार्की उनका ५२ वर्षीय  छोरा तेजबहादुर, तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्की मृत अवस्थामा भेटिएका थिए। ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने सशुकल थिए।

यो घटना आधा घण्टाको बीचमा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। भदौ २१ गते बिहान ६ जनाको लास भेटिएको भन्ने खबर आएपछि अनुस्न्धानमा जुटेको प्रहरी टोलीले बिहान ६ बजेदेखि साढे ६ बजेसम्म उक्त घटना भएको निष्कर्ष निकालेको हो। र, घटना व्यक्तिगत रिसिइबीका कारण भएको प्रहरी निष्कर्ष छ। 

घटनाको जानकारी दिँदै प्रदेश १ का डीआईजी अरुणकुमार बिसीले भने, ‘अहिलेसम्म हाम्रो अनुसन्धानबाट बिहान ६ बजेदेखि साढे ६ बजेसम्म घटना भएको खुलेको छ। अभियुक्तको भनाइबाट समेत सो कुरा पुष्टि हुन्छ।’

बिहान पौने १० बजे प्रहरी चौकी मादी मुलखर्कमा उक्त घटनाबारे जानकारी आएपछि हवल्दारको कमाण्डमा ३ जना प्रहरी घटनास्थल खटिएर ‘क्राइम सिन’लाई सुरक्षित राखेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय (इप्रका) चैनपुरबाट इन्स्पेक्टर योगराज खतिवडाको कमाण्डमा अर्को टोली घटनास्थल पुगेको थियो। घटनास्थल मादी मुलखर्कबाट १० र इप्रका चैनपुरबाट ५५ किलोमिटर टाढा पर्छ। 

८४ वर्षीया पार्वतीको शव घरमै भेटिएको थियो भने उनका छोरा तेजबहादुरको शव सडकको भित्तामा भेटिएको थियो। तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाको शव खोल्सामा भेटिएको थियो भने ८ वर्षीय विपिन र ५ वर्षीया गोमाको शव बारीको कान्लामा भेटिएको थियो। मृत भेटिएका अधिकांशको टाउकामा चोट थियो।

No description available.
घटनास्थल। तस्वीर साैजन्य : एसपी भीम दाहाल।

जब लोकबहादुरले देख्दै नदेखिने ठाउँबाट शव देखेको बताए
६ जनाको सामूहिक हत्या भएको घटना सार्वजनिक भएपछि प्रहरीले जिल्लाका विभिन्न नाकाहरू सिल नै गरेर अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा त्यस गाउँमा बाहिरबाट कोही व्यक्ति पनि नआएको स्थानीयले बताएका थिए। 

अर्कोतर्फ राम्रोसँग आँखा पनि देख्न नसक्ने र कान पनि सुन्न नसक्ने वृद्धलाई भने जिवितै छाडेर परिवारका बाँकी सदस्यको हत्या गरेकाले प्रहरीले हत्यारा स्थानीय चिनेजानकै व्यक्ति हुनुपर्ने आंशका गरिसकेको थियो। धनमाल पनि नलुटिएकाले कुनै रिसिइबीका कारण हत्या हुनुपर्ने र रिसिइबी नजिकको वा चिनेजानकै नाता पर्ने व्यक्तिसँग हुनेमा प्रहरीमा ढुक्क थियो। सोही अनुसार अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले घटना कसरी सार्वजनिक भयो भन्नेबारे चासो राखेर अनुसन्धान गरेको थियो। 

Ncell 2
Ncell 2

सो क्रममा लोकबहादुरका भाइले दाइले (लोकबहादुर)ले नै बडाबाको (तेजबहादुर) लास रैछ भनेर देखाएको प्रहरीले जानकारी पाएको थियो। त्यसपछि लोकबहादुरका भाइलाई प्रहरीले दाइले कहाँबाट लास देखाएको हो भनेर देखाउन लगाएका थिए। लोकबहादुरका भाइले दाइले देखाएको ठाउँमा लगेर प्रहरीलाई दखाए। यही नै प्रहरीका लागि महत्त्वपूर्ण क्लु बन्यो। 

‘जबकी लास नै नदेखिने ठाउँबाट लोकबहादुरले भाइलाई बडाबाको लास देखियो भनेर देखाएका रहेछन्। देख्दै नदेखिने ठाउँबाट लास कसरी देखियो? यसको मतलब घटनाका बारेमा लोकबहादुर जानकार हुनुपर्छ भन्ने हामीले बुझेका थियौं। यो हाम्रा लागि निकै महत्त्वपूर्ण क्लु थियो’ एक प्रहरी अधिकृतले लोकबहादुर अनुसन्धानको घेरामा तानिनुको कारण खुलाए।  

ट्रयाकर डगले दिएको सुराक
एकै परिवारका ६ जनाको सामूहिक हत्या भएपछि अनुसन्धान गर्न संघीय प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहालको नेतृत्वको तालिम प्राप्त कुकुरसहितको टोली सोमबार राति घटनास्थल पुगेको थियो। 

तालिम प्राप्त ट्रयाकर डग लैला र पिकुलाई प्रहरीले अनुसन्धानमा प्रयोग गरेको थियो। जस क्रममा ट्रयाकरले केही सुराक दिएको डीआईजी बिसीले बताए। घटनास्थल स्नीफिङ गरेपछि कुकुर त्यसबेला कान्लाबाट उक्लेर हाल पक्राउ परेका लोकबहादुरको घरतर्फ उक्लेको थियो।

डीआईजी बिसीले भने, ‘त्यसबेला कुकुर हाल पक्राउ परेका अभियुक्तको घरतर्फ उक्लेको थियो। केही अघि बढेपछि भने कुकुरले मेसो पाउन सकेको थिएन। पानी परिरहेका कारण पनि कुकुरले मेसो नपाएको हुन सक्छ।’

No description available.
हत्या आरोपित लोकबहादुरलाई सार्वजनिक गर्दै प्रहरी।

लोकबहादुर भन्छन्– हजुरबुवाले हेर्नु भने, तेजबहादुरले वास्ता गरेनन् 
हत्या आरोपमा पक्राउ परेका लोकबहादुरसँग प्रहरीले बयान लिइरहेको छ। के कारण कसरी यस्तो हत्या भयो भन्नेबारे प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ। लोकबहादुरको भनाइ उदृत गर्दै एक प्रहरी अधिकारीले नेपाल लाइभलाई यसरी घटना विवरण सुनाए :

हजुरबुवाले मर्ने बेलामा तेजबहादुरलाई ‘यिनीहरूलाई स्याहारसुसार गर्ने जिम्मा तिमीहरूको हो। यिनीहरूको आर्थिक अवस्था अलि कमजोर छ। तैंले हेर्नु’ भनेका थिए। हामी भन्दा आर्थिक अवस्था राम्रो भएपनि तेजबहादुरले हामीलाई हेरेनन्। वास्तै गर्दैनथे।
तेजबहादुर बडाबा बेला–बेला हाम्रो घरमा आउने र मलाई सम्झाउने गर्थे। मलाई काम गर्न मन नलागे पनि काम गर भन्दै कर लगाउँथे। तर, मलाई यो कुरा मन परिरहेको थिएन। त्यसपछि म बेला बेलामा तेजबहादुर बडाबासँग झर्कन्थेँ। काममा पनि जाँदिनथेँ। कहिलेकाहीँ तेजबहादुरले गाली गर्दै ‘तैँले केही गर्न नसक्ने भइस् विदेशमा गएर पनि केही गरिनस् यहाँ पनि काम गर्दैनस्’ भन्ने गर्थे। यस्ता कुराले मलाई एकदमै रिस उठ्थ्यो।
बिहान ८/९ बजेसम्म सुत्ने बानी भएपनि घटना हुने दिन बिहान ६ नबज्दै तेजबहादुर हाम्रो घर आए -खेताला बोलाउन। त्यतिबेला बुवा गाईलाई कुडो पकाएर खेतमा घाँस काट्न गइसकेका थिए। भाइ पनि बाहिर निस्केकाले म एक्लै घरमा थिएँ। 
तेजबहादुर बडाबाले मलाई काममा बोलाएर उनी फर्के। राति पनि निद्रा नलागेर बिहानीपख मात्रै सुतेको थिएँ। त्यसमाथि बिहान ८/९ बजेसम्म मेरो सुत्ने बानी भएकाले ओच्छ्यानमै खेताला भनेर बोलाउन आएपछि मलाई एकदमै रिस उठ्यो। घरमा रहेको दाउराको चिर्पट लिएर गएँ। गोगनेको रुखनेर पुगेपछि पछाडिबाट तेजबहादुरलाई टाउकामा हाने। उनी ‘लोकेले मार्‍यो’ भन्दै चिच्याए। 
बडाबाको आवाज सुनेपछि उहाँको श्रमती र बुहारी पनि बाहिर निस्के। त्यतिबेला मैले चिर्पटले हान्दै तेजबहादुर बडाबालाई कान्लाबाट लडाइसकेको थिए। उनीहरू पनि खोल्सामा आएको देखेपछि त्यहीँ आक्रमण गरेँ। पहिला तेजबहादुरकी श्रीमतीलाई हानेँ र लडाएँ। त्यतिबेलै बुहारी आफैं लडिन्। चिपर्टले हानेर दुवैलाई मारिसकेपछि तल लडाइदिएँ। 
उनीहरू चिच्याएको आवाज नाबालकले सुने होलान् भनेर उनीहरूलाई पनि लखेटी लेखेटी मारेँ। हजुरबुवा कान नसुन्ने भएकाले सुनेनन् होला तर, हजुरआमाले सुनिन् होला भनेर घरमा गएर कुँडो पकाउँदै गरेकी हजुरआमाको कपाल समाती सुरुमा भित्तामा टाउको ठोक्काइदिएँ। त्यसपछि चिर्पटले हानेर हत्या गरेँ।

घटना आवेशप्रेरित– डीआईजी बिसी
अनुसन्धानको क्रममा पक्राउ परेका लोकबहादुर ‘माइन्ड आउट’ भएर विदेशबाट घर फर्केको भन्ने पाइएको छ। उपचार भएर औषधि समेत खाँदै आएको भन्ने पनि बुझिएको डीआईजी बिसीले बताए।  उनी मलेसिया र कतार गएका थिए।

अन्तिम पटक बिरामी भएर फर्केको पाइएको बिसीको भनाइ छ।  विदेशबाट फर्केपछि उनको गतिविधि 'एग्रेसिभ'खालको भएको, बाबुआमा-दाजुभाइसँग झगडा गर्ने बानी रहेको भन्ने बुझिन आएको बिसी बताउँछन्। 

घटना आवेशप्रेरित रहेको डीआईजी बिसीले बताए। ‘यसमा कुनै प्लान देखिँदैन। तेजबहादुर लोकबहादुरका लागि घृणाका पात्र थिए। बिहान ९ बजेतिर उठ्ने लोकबहादुलाई बिहानै गएर उठाएकाले झनै रिस उठेको देखिन्छ। त्यसबेला मानसिक अवस्था पनि विक्षिप्त देखिन्छ। लोकबहादुर आवेगमै आएर हत्या गरेको पाइएको छ’ डीआईजी बिसीले भने। 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मदिराको तालमा छोराले गरे बाबुको हत्या झुपे जंगबहादुरका झड्केलो छोरा रहेको स्थानीयले प्रहरीलाई बताएका छन् । प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बुधवार दिउँसो घरमै हत्या... शुक्रबार, असार २७, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरुमा प्राध्यापक विजय बाबु रेग्मी, टेकस्पायर कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल... बिहीबार, असार २६, २०८२
अवैध हतियारसहित युवक पक्राउ मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९... बुधबार, असार २५, २०८२
ताजा समाचारसबै
इटाली पहिलोपटक टी–२० विश्वकपमा, युरोप रिजनलबाट नेदरल्यान्ड्स पनि छनोट शुक्रबार, असार २७, २०८२
पूर्वराजाका संवाद सचिव पाठक रिहा शुक्रबार, असार २७, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? शुक्रबार, असार २७, २०८२
साफ यू– २०:  पहिलो हाफमा भुटानविरुद्ध नेपाल ३ गोलले अगाडि शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्