• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जब लोकबहादुरले देख्दै नदेखिने ठाउँबाट शव देखेको बताए

आधा घण्टामा ६ जनाको हत्या, ट्रयाकर डगले दिएको थियो संकेत
64x64
नारायण अधिकारी आइतबार, भदौ २७, २०७८  १९:३८
1140x725
६ जनाको हत्या भएको घटनास्थल र हत्या आरोपी लोकबहादुर कार्की रातो घेरामा।

काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१, उम्लिङ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेका सोही ठाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले आइतबार सार्वजनिक गर्‍यो। घटनापछि गाउँमै रहेका र प्रहरीलाई ‘सघाइरहेका’ लोकबहादुर हत्या गरिएका तेजबहादुर कार्कीका भजित नाता पर्ने हुन्। लोकबहादुरको भनाइ र व्यवहार बाझिएपछि प्रहरी अनुसन्धानको सुई उनीतिरै सोझियो। केही महत्त्वपूर्ण क्लुसहित प्रहरीले उनलाई पक्राउ गर्‍यो। र, अन्ततः उनले प्रहरीसमक्ष घटनामा आफ्नो संलग्नता स्वीकार गरे। 

गत सोमबार ८४ वर्षीया पार्वती कार्की उनका ५२ वर्षीय  छोरा तेजबहादुर, तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्की मृत अवस्थामा भेटिएका थिए। ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने सशुकल थिए।

यो घटना आधा घण्टाको बीचमा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। भदौ २१ गते बिहान ६ जनाको लास भेटिएको भन्ने खबर आएपछि अनुस्न्धानमा जुटेको प्रहरी टोलीले बिहान ६ बजेदेखि साढे ६ बजेसम्म उक्त घटना भएको निष्कर्ष निकालेको हो। र, घटना व्यक्तिगत रिसिइबीका कारण भएको प्रहरी निष्कर्ष छ। 

घटनाको जानकारी दिँदै प्रदेश १ का डीआईजी अरुणकुमार बिसीले भने, ‘अहिलेसम्म हाम्रो अनुसन्धानबाट बिहान ६ बजेदेखि साढे ६ बजेसम्म घटना भएको खुलेको छ। अभियुक्तको भनाइबाट समेत सो कुरा पुष्टि हुन्छ।’

बिहान पौने १० बजे प्रहरी चौकी मादी मुलखर्कमा उक्त घटनाबारे जानकारी आएपछि हवल्दारको कमाण्डमा ३ जना प्रहरी घटनास्थल खटिएर ‘क्राइम सिन’लाई सुरक्षित राखेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय (इप्रका) चैनपुरबाट इन्स्पेक्टर योगराज खतिवडाको कमाण्डमा अर्को टोली घटनास्थल पुगेको थियो। घटनास्थल मादी मुलखर्कबाट १० र इप्रका चैनपुरबाट ५५ किलोमिटर टाढा पर्छ। 

८४ वर्षीया पार्वतीको शव घरमै भेटिएको थियो भने उनका छोरा तेजबहादुरको शव सडकको भित्तामा भेटिएको थियो। तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाको शव खोल्सामा भेटिएको थियो भने ८ वर्षीय विपिन र ५ वर्षीया गोमाको शव बारीको कान्लामा भेटिएको थियो। मृत भेटिएका अधिकांशको टाउकामा चोट थियो।

No description available.
घटनास्थल। तस्वीर साैजन्य : एसपी भीम दाहाल।

जब लोकबहादुरले देख्दै नदेखिने ठाउँबाट शव देखेको बताए
६ जनाको सामूहिक हत्या भएको घटना सार्वजनिक भएपछि प्रहरीले जिल्लाका विभिन्न नाकाहरू सिल नै गरेर अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा त्यस गाउँमा बाहिरबाट कोही व्यक्ति पनि नआएको स्थानीयले बताएका थिए। 

अर्कोतर्फ राम्रोसँग आँखा पनि देख्न नसक्ने र कान पनि सुन्न नसक्ने वृद्धलाई भने जिवितै छाडेर परिवारका बाँकी सदस्यको हत्या गरेकाले प्रहरीले हत्यारा स्थानीय चिनेजानकै व्यक्ति हुनुपर्ने आंशका गरिसकेको थियो। धनमाल पनि नलुटिएकाले कुनै रिसिइबीका कारण हत्या हुनुपर्ने र रिसिइबी नजिकको वा चिनेजानकै नाता पर्ने व्यक्तिसँग हुनेमा प्रहरीमा ढुक्क थियो। सोही अनुसार अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले घटना कसरी सार्वजनिक भयो भन्नेबारे चासो राखेर अनुसन्धान गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सो क्रममा लोकबहादुरका भाइले दाइले (लोकबहादुर)ले नै बडाबाको (तेजबहादुर) लास रैछ भनेर देखाएको प्रहरीले जानकारी पाएको थियो। त्यसपछि लोकबहादुरका भाइलाई प्रहरीले दाइले कहाँबाट लास देखाएको हो भनेर देखाउन लगाएका थिए। लोकबहादुरका भाइले दाइले देखाएको ठाउँमा लगेर प्रहरीलाई दखाए। यही नै प्रहरीका लागि महत्त्वपूर्ण क्लु बन्यो। 

‘जबकी लास नै नदेखिने ठाउँबाट लोकबहादुरले भाइलाई बडाबाको लास देखियो भनेर देखाएका रहेछन्। देख्दै नदेखिने ठाउँबाट लास कसरी देखियो? यसको मतलब घटनाका बारेमा लोकबहादुर जानकार हुनुपर्छ भन्ने हामीले बुझेका थियौं। यो हाम्रा लागि निकै महत्त्वपूर्ण क्लु थियो’ एक प्रहरी अधिकृतले लोकबहादुर अनुसन्धानको घेरामा तानिनुको कारण खुलाए।  

ट्रयाकर डगले दिएको सुराक
एकै परिवारका ६ जनाको सामूहिक हत्या भएपछि अनुसन्धान गर्न संघीय प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहालको नेतृत्वको तालिम प्राप्त कुकुरसहितको टोली सोमबार राति घटनास्थल पुगेको थियो। 

तालिम प्राप्त ट्रयाकर डग लैला र पिकुलाई प्रहरीले अनुसन्धानमा प्रयोग गरेको थियो। जस क्रममा ट्रयाकरले केही सुराक दिएको डीआईजी बिसीले बताए। घटनास्थल स्नीफिङ गरेपछि कुकुर त्यसबेला कान्लाबाट उक्लेर हाल पक्राउ परेका लोकबहादुरको घरतर्फ उक्लेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डीआईजी बिसीले भने, ‘त्यसबेला कुकुर हाल पक्राउ परेका अभियुक्तको घरतर्फ उक्लेको थियो। केही अघि बढेपछि भने कुकुरले मेसो पाउन सकेको थिएन। पानी परिरहेका कारण पनि कुकुरले मेसो नपाएको हुन सक्छ।’

No description available.
हत्या आरोपित लोकबहादुरलाई सार्वजनिक गर्दै प्रहरी।

लोकबहादुर भन्छन्– हजुरबुवाले हेर्नु भने, तेजबहादुरले वास्ता गरेनन् 
हत्या आरोपमा पक्राउ परेका लोकबहादुरसँग प्रहरीले बयान लिइरहेको छ। के कारण कसरी यस्तो हत्या भयो भन्नेबारे प्रहरीले उनीसँग सोधपुछ गरिरहेको छ। लोकबहादुरको भनाइ उदृत गर्दै एक प्रहरी अधिकारीले नेपाल लाइभलाई यसरी घटना विवरण सुनाए :

हजुरबुवाले मर्ने बेलामा तेजबहादुरलाई ‘यिनीहरूलाई स्याहारसुसार गर्ने जिम्मा तिमीहरूको हो। यिनीहरूको आर्थिक अवस्था अलि कमजोर छ। तैंले हेर्नु’ भनेका थिए। हामी भन्दा आर्थिक अवस्था राम्रो भएपनि तेजबहादुरले हामीलाई हेरेनन्। वास्तै गर्दैनथे।
तेजबहादुर बडाबा बेला–बेला हाम्रो घरमा आउने र मलाई सम्झाउने गर्थे। मलाई काम गर्न मन नलागे पनि काम गर भन्दै कर लगाउँथे। तर, मलाई यो कुरा मन परिरहेको थिएन। त्यसपछि म बेला बेलामा तेजबहादुर बडाबासँग झर्कन्थेँ। काममा पनि जाँदिनथेँ। कहिलेकाहीँ तेजबहादुरले गाली गर्दै ‘तैँले केही गर्न नसक्ने भइस् विदेशमा गएर पनि केही गरिनस् यहाँ पनि काम गर्दैनस्’ भन्ने गर्थे। यस्ता कुराले मलाई एकदमै रिस उठ्थ्यो।
बिहान ८/९ बजेसम्म सुत्ने बानी भएपनि घटना हुने दिन बिहान ६ नबज्दै तेजबहादुर हाम्रो घर आए -खेताला बोलाउन। त्यतिबेला बुवा गाईलाई कुडो पकाएर खेतमा घाँस काट्न गइसकेका थिए। भाइ पनि बाहिर निस्केकाले म एक्लै घरमा थिएँ। 
तेजबहादुर बडाबाले मलाई काममा बोलाएर उनी फर्के। राति पनि निद्रा नलागेर बिहानीपख मात्रै सुतेको थिएँ। त्यसमाथि बिहान ८/९ बजेसम्म मेरो सुत्ने बानी भएकाले ओच्छ्यानमै खेताला भनेर बोलाउन आएपछि मलाई एकदमै रिस उठ्यो। घरमा रहेको दाउराको चिर्पट लिएर गएँ। गोगनेको रुखनेर पुगेपछि पछाडिबाट तेजबहादुरलाई टाउकामा हाने। उनी ‘लोकेले मार्‍यो’ भन्दै चिच्याए। 
बडाबाको आवाज सुनेपछि उहाँको श्रमती र बुहारी पनि बाहिर निस्के। त्यतिबेला मैले चिर्पटले हान्दै तेजबहादुर बडाबालाई कान्लाबाट लडाइसकेको थिए। उनीहरू पनि खोल्सामा आएको देखेपछि त्यहीँ आक्रमण गरेँ। पहिला तेजबहादुरकी श्रीमतीलाई हानेँ र लडाएँ। त्यतिबेलै बुहारी आफैं लडिन्। चिपर्टले हानेर दुवैलाई मारिसकेपछि तल लडाइदिएँ। 
उनीहरू चिच्याएको आवाज नाबालकले सुने होलान् भनेर उनीहरूलाई पनि लखेटी लेखेटी मारेँ। हजुरबुवा कान नसुन्ने भएकाले सुनेनन् होला तर, हजुरआमाले सुनिन् होला भनेर घरमा गएर कुँडो पकाउँदै गरेकी हजुरआमाको कपाल समाती सुरुमा भित्तामा टाउको ठोक्काइदिएँ। त्यसपछि चिर्पटले हानेर हत्या गरेँ।

घटना आवेशप्रेरित– डीआईजी बिसी
अनुसन्धानको क्रममा पक्राउ परेका लोकबहादुर ‘माइन्ड आउट’ भएर विदेशबाट घर फर्केको भन्ने पाइएको छ। उपचार भएर औषधि समेत खाँदै आएको भन्ने पनि बुझिएको डीआईजी बिसीले बताए।  उनी मलेसिया र कतार गएका थिए।

अन्तिम पटक बिरामी भएर फर्केको पाइएको बिसीको भनाइ छ।  विदेशबाट फर्केपछि उनको गतिविधि 'एग्रेसिभ'खालको भएको, बाबुआमा-दाजुभाइसँग झगडा गर्ने बानी रहेको भन्ने बुझिन आएको बिसी बताउँछन्। 

घटना आवेशप्रेरित रहेको डीआईजी बिसीले बताए। ‘यसमा कुनै प्लान देखिँदैन। तेजबहादुर लोकबहादुरका लागि घृणाका पात्र थिए। बिहान ९ बजेतिर उठ्ने लोकबहादुलाई बिहानै गएर उठाएकाले झनै रिस उठेको देखिन्छ। त्यसबेला मानसिक अवस्था पनि विक्षिप्त देखिन्छ। लोकबहादुर आवेगमै आएर हत्या गरेको पाइएको छ’ डीआईजी बिसीले भने। 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर दुर्घटनामा परेको गाडीका चालक फरार छन् । आइतबार, कात्तिक १, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्