काठमाडौं– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोमाथि ढुंगा प्रहार गर्ने २५ वर्षीय युवकमाथि ‘हतियारद्वारा हमला गरेको आरोप’ लगाइएको छ।
प्रधानमन्त्री जस्टिन ट्रूडो एक अभियानबाट बाहिर निस्कने क्रममा उनीमाथि ढुंगा प्रहार भएको प्रहरीको भनाइ छ। ट्रूडो आफ्नो अभियान बसमा सोमबार सवार भइरहेका बेला उनीमाथि हमला गरिएको थियो। यद्यपि, प्रधानमन्त्रीलाई कुनै चोट भने लागेको छैन।
आरोपी शेन मार्शल नामक युवकलाई क्यानडाको ओन्टोरियो प्रान्तमा टोरन्टो नजिकैको एक शहरको स्थानीय अदालतमा पेश गरिएको छ।
ट्रूडोका विरोधीले पनि यो घटनाको आलोचना गरेका छन्।
क्यानडामा २० सेप्टेम्बरमा मध्यावधि चुनाव हुँदैछ र प्रधानमन्त्री जस्टिन ट्रूडोद्वारा प्रस्तावित अनिवार्य कोभिड भ्याक्सिन र अन्य निर्णयको विषयमा लगातार विरोधको सामना गर्नु परिरहेको छ ।
शुक्रबार ओन्टोरियाको केम्ब्रिजमा एक युवकमाथि ट्रूडोलाई धम्काएको आरोप लगाइएको छ । शेन मार्शलको मामिलामा अदालतले ६ अक्टोबरमा अर्को सुनुवाई गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।