• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सेप्टेम्बर ११ आक्रमणको संस्मरण

पिटर हचिसन शनिबार, भदौ २६, २०७८  २३:०१
1140x725

न्यूयोर्क- अमेरिकाले शनिबार न्युयोर्कमा सेप्टेम्बर ११ को आतङ्‍कवादी आक्रमणको संस्मरणमा स्थानीय समय अनुसार ८:४६ बजे केही समय मौन धारण गरी मृतकहरूको स्मरण गरेको छ। सन् २००१ सेप्टेम्बर ११ को उक्त समयमा आतङ्‍ककारीद्वारा अपहरण गरिएको एक विमानलाई विश्व व्यापार केन्द्रमा ठोक्काएर दुर्घटनाग्रस्त गराइएको थियो।

एक शान्त तथा मर्यादित समारोहबीच सेप्टेम्बर ११ मा भएको आक्रमणको स्मरण गर्दै आयोजित २०औं वार्षिक समारोहमा हमलामा मारिएका आफन्तजनको थुप्रै नातेदार तथा अमेरिकी अधिकारीले आँशु पुछिदिएको दृष्यहरू सञ्चारमाध्यममा छापिएका छन्। 

यो बीचमा अमेरिकाले बदलामा आक्रमणका योजनाकार ओशामा विन लादेनसहित उक्त आक्रमणको जिम्मेवारी लिएको स्लामिक स्टेट (आईएसआईएस) समूहलाई लक्षित गरी चलाएको अभियान पूरा भएको जनाएको छ। अफगानिस्तानबाट अमेरिकी सेनाको बहिर्गमनपछि अफगानिस्तानमा पुनः तालिबान समूह सत्तामा फर्किएको छ भने अमेरिकाले अफगानिस्तानमा आफूले जुन उद्देश्यसहित सैनिक उतारेको थियो त्यो उद्देश्य पूरा भएको जनाएको छ।

कार्यक्रम चलिरहँदा घटनास्थलमा उपस्थित थुप्रै नातेदारहरूले मृतकका परिवार तथा आफन्तको आँसु पुछिदिए भने न्यूयोर्कमा कडा सुरक्षाबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति बाराक ओबामा उपस्थित भएको चार घण्टा लामो समारोहमा मारिएकाहरूको नाम पढेर उनीहरूको स्मरण गरिएको थियो।

अल-कायदा समूहले सर्वसाधारणलाई लक्षित गरेका आक्रमणबाट मारिएका व्यक्तिहरूको सम्झनामा अमेरिकी राष्ट्रपति बाइडेनसहितका अधिकारीहरूको उपस्थितिमा वासिङ्टन डीसीको पेन्टागन र पेन्सिलभेनियाको शाङ्‍क्सभिलमा पनि अल-कायदा समूहले सर्वसाधारणलाई लक्षित गरेका हृदयविदारक घटनाको स्मरण गरिएको छ।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा शुक्रबार संप्रेषण गरिएको भिडियोमा राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई सबैभन्दा ठूलो बल एकता भएको भन्दै एकता देखाउन अमेरिकीहरूसँग आग्रह गरेका थिए। बाइडेनले ह्वाइट हाउसको छ मिनेटको सन्देशमा भने, 'मेरो लागि सेप्टेम्बर ११ को मुख्य पाठ यो हो कि मानव जातिका हैसियतले सबैको आत्मामा आतङ्‍कवादविरोधी लडाइँ रहेको र यसमा एकता सबैभन्दा ठूलो बल हुनेछ।'

शनिबार भएको कार्यक्रममा विश्व व्यापार केन्द्रका दुई टावरलाई प्रहार गरिएको समय, पेन्टागन आक्रमण, ‘फ्लाइट नाइन्टी थ्री’ दुर्घटना समयसँग मेल खाने समयमा छ मिनेटको मौनधारण गरिएको थियो।

विश्व व्यापार केन्द्रमा आफ्नो ३७ वर्षीय पति माइकल इकेन गुमाएकी मोनिका इकेन-मर्फीको अरू थुप्रैकोजस्तै पीडा पनि अझै कम भएको छैन। उनले भने, 'यो धेरै अमेरिकीहरूका लागि संस्मरणीय घटना हुनेछ,' उनले एएफपीलाई भने, 'मलाई यो भर्खरै भएको जस्तो लाग्छ, यद्यपि सेप्टेम्बर ११, २००१ को बिहानदेखि पूरै पुस्ता हुर्किसकेको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

यसबीचमा अल-कायदाका संस्थापक ओसामा बिन लादेनलाई मारिएको छन्। ट्विन टावरको सट्टा म्यानहाटनमाथि एउटा ठूलो नयाँ टावर उठेको छ। अनि करिब दुई हप्ता अघि अमेरिकी सिपाहीहरू काबुल विमानस्थलबाट उनीहरूकै शब्दमा अमेरिकी इतिहासमा सबैभन्दा ‘लामो युद्ध’ अन्त्य गरेर फर्किएका छन्। तर पीडितको दुखेको मन निको भएको छैन।

कुनै समय बिन लादेनलाई आश्रय दिएको भनिने तथा शक्तिशाली अमेरिकी सैनिकले काबु पारेका तालिबानले अफगानिस्तानमा फेरि शासन गरिरहेका छन्।

‘गुआनटानामो बे’ मा सेप्टेम्बर ११ आक्रमणका आरोपित खालिद शेख मोहम्मद र अन्य चार योजनाकारहरूले अभियोग दर्ता भएको नौ वर्षसम्म पनि मुद्दा लडिरहेका छन्। यो आक्रमण कसरी भयो भन्ने सम्पूर्ण कथासमेत गोप्य नै छ। गत हप्तामात्र बाइडेनले आगामी छ महिनाभित्र अमेरिकी गुप्तचर निकाय एफबीआईलाई अनुसन्धान गरी गोप्य कागजातहरूको वर्गीकरण गरी सार्वजनिक गर्न आदेश दिएका छन्। 

Xtrem

Xtrem

तीन ठूला आतङ्‍ककारी हमला
ग्राउन्ड जिरोमा भएको सुरुको विस्फोटनमा विश्वभरिका करिब दुई हजार ७५३ मानिसहरू मारिए, तिनीहरूको ज्यान गयो वा उनीहरू आक्रमणपछि भत्किएका भग्नावशेषमा पुरिएर सधैका लागि वेपत्ता बने।

पेन्टागनमा एउटा विमानले विश्वको शक्तिशाली सेनाको केन्द्रमा आक्रमण गरी विमानमा र जमिनका गरी १८४ जनाको मृत्यु भएको थियो।

अनि पेन्सिलभेनियाको शाङक्सभिलमा, यात्रुहरूले आफ्नो लक्षित लक्ष्यमा पुग्नुभन्दा पहिले ‘युनाइटेड ९३’ लाई अपहरणकर्ताहरूको तेस्रो चरणमा एउटा खेतमा दुर्घटनाग्रस्त गराए।

एकताको सन्देश
शुक्रबारको रात आफ्नो भिडियो सन्देशमा बाइडेनले अमेरिकीहरूलाई यस दुःखद् घटनाबारे एकता साथ अघि बढ्न आग्रह गरेका छन्। 'एकताको अर्थ हामीले एउटै कुरामा विश्वास गर्नुपर्छ भन्ने होइन, तर हामीले एक अर्काप्रति र यस राष्ट्रमा आधारभूत सम्मान र विश्वास राख्नुपर्छ,' बाइडेनले भने।

राष्ट्रपतिले आफ्नो झण्डै आठ महिने राष्ट्रपति कार्यकालमा यो दिन निर्णायक दिन हुने योजना बनाएका थिए। तथापि, एकताको क्षणको अध्यक्षता गर्नुको सट्टा बाइडेनले काबुल उद्धारका कारण आक्रोसको सामना गरिरहेका छन्। बहिर्गमनका बेला आत्मघाती वम वर्षकद्वारा मारिएका १३ अमेरिकी सिपाहीहरूको मृत्युले अमेरिकीहरूको मन दुखेको छ। यसले उनीहरूमा असफलता र हारको व्यापक महसुस भएको छ। यो चोट लामो समयसम्म रहिरहनेछ।

पीडितहरूका नातेदारहरूका लागि सधैं जस्तै यो वार्षिकोत्सव आफ्ना प्रियजनहरूको सम्झनालाई जीवित राख्ने क्षणबाहेक थप केही हुनसकेको छैन।

अग्नि नियन्त्रक भाइ स्टिफनलाईको विश्व व्यापार केन्द्रमा गुमाएका फ्र्याङ्‍क सिलरले भने, 'यो पर्ल हार्बरजस्तै हो। जिउँदो नभएका मानिसहरूलाई यस विषयमा जिउँदो मानिसहरूको जस्तो अनुभूति हुँदैन। तर अमेरिकाले पर्ल हार्बरबारे कहिल्यै बिर्सेको छैन र सेप्टेम्बर ११ लाई पनि कहिल्यै बिर्सने छैन।' रासस/एएफपी

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  २३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ
सम्बन्धित सामग्री
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनको समस्या सम्बोधन गर्न पहिलोपटक निर्देशिका सार्वजनिक गर्दै डब्लुएचओले स्वस्थ खानपान, नियमित... बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्