काठमाडौं- म्यानमारमा विद्रोही समूह मिलिशिया र सुरक्षा बलबीच भएको लडाइँमा थप २० जनाको मृत्यु भएको छ।
विपक्षीहरू दलहरुले यसै साता ‘रक्षात्मक युद्ध’को आह्वान गरेका थिए। त्यसयता भएको लडाइँमा उनीहरु मारिएका हुन्।
बीबीसी बर्माका अनुसार मध्य म्यानमारको म्याग्वे क्षेत्रमा १० नागरिकको मृत्यु भएको छ। यता, स्थानिय समाचार माध्यमहरुले भने १७ जनाको मृत्यु भएको बताएको छ। जसमध्ये अधिकांश नावालिक रहेका छन्।
सैन्य प्रवक्ता जाव मिन तुनले पनि म्याग्वेमा लडाइँ भएको पुष्टि गरेका छन्।
स्थानिय समाचार माध्यमहरुका अनुसार बिहीबार रंगुनमा तीन सैनिकको हत्याको भएको छ। भारतसँग सीमा जोडिएको चिन राज्यको थान्तालामा पनि सेना र विपक्षीबीच बिहीबार झडप भएको थियो। जुन शुक्रबारसम्म जारी रहेको थियो।
रेडियो फ्री एशिया र मिज्जिमा समाचार सेवाका अनुसार उक्त क्षेत्रमा सेनाले हवाई हमला गरेको जनाएको छ। घटनामा हाताहाति नभएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।