काठमाडौं- सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा भएको आक्रमणमा दुई टर्कीका सैनिकको मृत्यु भएको छ। घटनामा अन्य तीन जना घाइते भएका छन्।
टर्कीको रक्षा मन्त्रालयका अनुसार उनीहरुमाथि शनिबारको आक्रमण भएको हो। दुई सैनिको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
यस्तै, घाइते सैनिकहरुलाई हेलिकप्टरबाट टर्की लगिएको छ। इडलिब सिरियाको गृहयुद्धको अन्तिम प्रमुख विद्रोहीको गढ हो। जुन क्षेत्रमा टर्की र रूसी सेनाहरुले गस्ति गरिरहेका हुन्छ।
टर्कीका रक्षा मन्त्री हुलुसी अकरले सैन्य कमाण्डरलाई भेट्न सिरियाको सीमाको भ्रमण गरेका छन्।
सिरियाको गृहयुद्धमा विपक्षी पक्षलाई समर्थन गर्ने टर्की र रुसले मार्च २०२० मा युद्धविराम गरेका थिए। सम्झौतासँगै इडलिब प्रान्तमा रुस समर्थित सरकारी आक्रमणको अन्त्य गरिएको थियो।
रुस-टर्कीसँग सिरिया सरकार युद्धविराम गर्न सहमत भएको थियो। उसले १० वर्षको द्वन्द्वको क्रममा गुमाएको क्षेत्र आफ्नो नियन्त्रणमा लिने दाबी गरेको थियो। त्यसपछि उत्तर पश्चिमीमा सिरियाले छिटपुट सैन्य गतिविधि गरिरहेको छ। यो
उत्तरपश्चिमी सिरिया करिब ४० लाख नागरिक बसिरहेका छन्। उनीहरुमध्ये धेरै गृहयुद्धबाट विस्थापित भएका छन्।
गृहयुद्धबाट ५ लाख नागरिकले ज्यान गुमाएका छन् भने करिब २३ लाख नागरिक विस्थापित भएका छन्। यस्तै ५० लाखभन्दा धेरै देश बाहिर शरण लिरहेका छन्।
गत वर्ष फेब्रुअरीमा पनि इदलिबमा टर्कीका सैनिकमाथि एक हवाई आक्रमण भएको थियो। उक्त आक्रमणमा कम्तीमा ३३ टर्की सैनिक मारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।