काठमाडौं- पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)ले अर्को साता इस्लामाबादबाट काबुलको उडान पुनः सुरु गर्ने घोषणा गरेको छ।
पीआईएका प्रवक्ता अब्दुल्लाह हफीज खानले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै अर्को सातादेखि व्यवसायिक उडान भर्न लागेको जानकारी दिएका हुन्।
पाकिस्तानले अफगानिस्तानमा गत महिना तालिबान सत्तामा आएपछि सबै व्यावसायिक उडान रद्द गरेको थियो। तर, नयाँ सरकार गठन हुने निश्चित भएसँगै पाकिस्तानले पुन: व्यावसायिक उडान भर्न लागेको हो।
यो पाकिस्तानको अफगानिस्तानमा पहिलो विदेशी व्यावसायिक हुनेछ।
‘हामीले उडान सञ्चालनका लागि सबै प्राविधिक स्वीकृति पाएका छौं। हाम्रो पहिलो व्यावसायिक विमान १३ सेप्टेम्बरमा इस्लामाबादबाट काबुलको लागि प्रस्थान गर्नेछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।