काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा थप ३३ हजार ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार कोरोनाका कारण सो अवधिमा ३०८ जनाको मृत्यु भएको छ। अहिलेसम्म भारतमा ४ लाख ४२ हजार ३ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ।
मन्त्रालयका अनुसार ३२ हजार १९३ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा ७३ करोड बढीले कोरोना खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।