काठमाडौं- अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहकाका भाइको तालिबानले हत्या गरेका छन्।
समाचार एजेन्सी रोयटर्सलाई पूर्व उपराष्ट्रपति सालेहका परिवारले तालिबानले भाइ रोहुल्ला अजीजीको हत्या गरेको जानकारी दिएका छन्। सालेहका भतिजाले रोयटर्सलाई म्यासेज गरेर यस्तो सूचना दिएका हुन्।
उनले लेखेका छन् “उनीहरुले हिजो उनको हत्या गरिदिएका छन् र हामीलाई अन्त्येष्टी गर्न दिएका छैनन्। उनीहरुले शव सड्नु पर्ने बताएका छन्।”
तालिबान सूचना सेवाको उर्दू भाषाको एकाउन्टमा पंजशीर संघर्षका क्रममा रोहुल्ला सालेह मारिएको जनाइएको छ।
पश्चिमी देशको समर्थन रहेको अफगानी सरकारमा राष्ट्रीय सूचना निर्देशानालयका प्रमुख रहिसकेका अमरुल्लाह सालेहका बारेमा अन्य जानकारी दिइएको छैन।
अफगानिस्तानको नेशनल रेसिस्टेन्स फ्रंट,जसमा स्थानीय नेता अहमद मसूदका समर्थक सहभागी छन् उनीहरुले पंजशीरको राजधानी बजारकमा हारपछि पनि संघर्षलाई जारी राख्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।