काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेन र चीनका राष्ट्रपति शी चिनफिङबीच सात महिनापछि पहिलोपटक टेलिफोनमा कुराकानी भएको छ।
व्हाइट हाउसले एक विज्ञप्ति जारी गर्दै भनेको छ, " कुराकानीमा व्यापक, रणनीतिक चर्चा गरिएको छ, जसमा ति क्षेत्रबारे कुराकानी भएको छ जहाँ हाम्रो साझा चासो र हीत छ।"
जो बाइडन राष्ट्रपति बनेपछि यो दोस्रोपटक नेताहरुबीच फोनमा कुराकानी भएको हो।
व्यापार, जासूसी र महामारी जस्तो विषयलाई लिएर अमेरिका र चीनबीच तनाव जारी छ।
व्हाइट हाउसले भनेको छ, “राष्ट्रपति बाइडनले स्पष्ट गरेका छन् कि अमेरिका र चीनबीच चलिरहेको प्रतिस्पर्धालाई जिम्मेवार रुपमा सम्हालनका लागि गरिएको प्रयासको हिस्सा हो।”
“दुई नेताबीच आ आफ्नो भूमिकालाई लिएर छलफल भएको थियो ताकि यो सुनिश्चित गर्न सकियोस् कि प्रतिस्पर्धा संघर्षमा परिवर्तन नहोस्” ह्वाइट हाउसले भनेको छ।
यस वर्षको सुरुवातमा अमेरिका र चीनका अधिकारीबीच भएको भेटवार्ता निकै तनावग्रस्त भएको थियो।
दुबैले एक अर्कामाथि आरोप लगाएका थिए। चिनियाँ अधिकारिले अमेरिकामाथि "चीनमाथि हमला गर्नका लागि" देशहरुलाई उकासेको आरोप लगाएको थियो। तर अमेरिकाले भने चीनले अरुको ध्यान खिच्नका लागि आरोप लगाएको बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।