काठमाडौं- उत्तर कोरियाले स्थापनाको ७३ औं वर्ष पुगेको अवसरमा सैनिक परेड आयोजना गरेको छ। बुधबार मध्यरात प्योङयाङमा भव्य सैन्य परेडको आयोजना गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ।
कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन उक्त कार्यक्रममा सहभागी भएका थिए।
राजधानी प्योङयाङको किम इल सुङ स्क्वायरमा आयोजित परेडमा लडाकु विमानद्वारा हवाई प्रदर्शन पनि गरिएको थियो। केसीएनमा प्रकाशित तस्बिरमा किमले स्वायरको बार्दलीमा उभिएर तल परेडमा उपस्थित भएकाहरुलाई अविवादन गरिरहेको देख्न सकिन्छ।

एक वर्ष भन्दा कम समयमा परमाणु सशस्त्र राष्ट्रको यो तेस्रो प्रदर्शन हो। रातिको उक्त परेड टेलिभिजनहरुमा प्रत्यक्ष प्रसारण गरिएको थिएन र घन्टौंपछि सरकारी टेलिभिजनहरुमा देखाइएको थियो।
परेडमा कुनै ठूला हतियार र मिसाइल प्रदर्शन नगरिएको एनके न्यूजले जनाएको छ। यसअघि अक्टोबरमा अंतरमहाद्वीपीय क्षेप्यास्त्र प्रदर्शन गर्दै भव्य सैन्य परेडको आयोजना गरिएको थियो।
यसपटक कार्यक्रममा किमले भाषण गरेनन्। तर उच्च अधिकारी री ह्वानले देशको समाजवादी व्यवस्थाको वचाउ गरेका थिए र महामारीको सामना गर्न सफलता पाएको दाबी गरेका थिए। बुधबार राति परेडसँगै प्योङयाङको आकाशमा आतासबाजी गरिएको थियो।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।