काठमाडौं- चीनले अफगानिस्तानलाई २ सय मिलियन युआन (तीन अर्ब रुपैयाँ भन्दा बढी) को सहायता दिने प्रतिबन्धद्धता व्यक्त गरेको छ।
यसमा खाद्य आपूर्ति र कोरोना भाइरसको खोप सहायता पनि रहेको बीबीसीले जनाएको छ। चीनले पहिले नै तालिबान सरकारसँग सम्पर्कमा रहन इच्छुक रहेको बताएको थियो।
चीनले अफगानिस्तानमा नयाँ अन्तरिम सरकारको गठन कानुनी व्यवस्था कायम राख्न जरुरी रहेको बताएको थियो।
अफगानिस्तानमा तालिबानको अन्तरिम सरकार गठन भएको छ र देशलाई 'इस्लामिक' घोषणा गरिएको छ। अमेरिकाले भने अफगानिस्तानको अन्तरिम सरकारलाई मान्यता दिन कुनै हतार नरहेको स्पष्ट गरिरहँदा चीनले भने चाँडै सहायता पेश गरेको हो।
चीनका विदेश मन्त्री वांग यीले बुधवार अफगानिस्तान कयौं छिमेकी देश पाकिस्तान, इरान, ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानका आफ्ना समकक्षीसँगको बैठकका क्रममा अफगानिस्तानलाई दिन लागिएको सहयोगको घोषणा गरेका छन्।
उनले ति देशहरुलाई अफगानिस्तानमा सहयोग गर्न आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।