काठमाडौं- अमेरिकाले अफगानिस्तानमा गठन भएको तालिबान नेतृत्वको नयाँ अन्तरिम सरकारलाई मान्यता दिने हतारमा नरहेको स्पष्ट पारेको छ।
ह्वाइट हाउसले बुधबार अफगानिस्तानमा अमेरिकी नागरिकलाई बाहिर निकाल्नेबारे कुराकानी भइरहेको जनाएको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले एक प्रेस कन्फरेन्समा भनिन्, “ यस प्रशासनमा न राष्ट्रपति न राष्ट्रीय सुरक्षा टीमका कोही पनि यो मान्न तयार छैनन् कि तालिबान वैश्विक समुदायको सम्मानित र मूल्यवान सदस्य हुन्। उनीहरुले यो दर्जा हासिल गरेका छैनन् र हामीले कहिल्यै यसको आकलन गरेका छैनौं। यो एक कार्यवाहक मन्त्रिमण्डल हो जसमा तालिबानका चार पूर्व कैदी र लडाकु सहभागी छन्।”
उनले प्रशासनले उक्त सरकारलाई मान्यता नदिएको बताइन्।
साकीले भनिन्, “हामीले उनीहरुलाई मान्यता दिने लागेका छैनौं र हतरमा पनि छैन। उनीहरुले पहिला धेरै कुरा गर्न जरुरी छ। हामी अहिले अमेरिकी नागरिकलाई त्यहाँबाट निकाल्नेबारेमा कुराकानी गरिरहेका छौं, किनकी अहिले अफगानिस्तानमा उनीहरुको नियन्त्रण छ।”
उनले अन्तर्राष्ट्रिय समुदायले यसलाई हेरिरहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।