काठमाडौं- अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन्।
कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित इटिलाट्रोज नामक पत्रिकाका पाँच पत्रकारहरुलाई गिरफ्तार गरिएको हो।
उक्त पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी गिरफ्तार भएको पुष्टि गरेका छन्।
‘इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत मेरा पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरुले काबुलबाटै पक्राउ गरेर लगेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।