काठमाडौं- भारतको आसामस्थित जोरहाटमा रहेको ब्रह्मपुत्र नदीमा दुई यात्रुवाहक डुङ्गा दुर्घटना भएको छ।
भारतीय मिडियाका अनुसार जोरहाटको निमियाघाट नजिक दुवै डुङ्गा एक आपसमा ठोक्किँएका हुन्। घटनामा डुङ्गामा सवार १०० जना पानीमा खसेको बताइन्छ।
डुङ्गा दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री हिमन्त विश्व सरमाले जोरहाट र माजुली जिल्ला प्रशासनलाई नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) र स्टेटडिजास्टर रिस्पोन्स फोर्स (एसडीआरएफ)को सहयोगमा तत्काल उद्धार कार्य गर्न निर्देशन दिएका छन्।
यससँगै मन्त्री बिमल बोरालाई घटनाको जानकारी लिन घटनास्थलमा पठाइएको छ।
मुख्यमन्त्रीले एक ट्वीट गरेका छन्,‘ उनी आफैं बिहीबार घटनास्थलको भ्रमण गरेर घटनाको जानकारी लिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।