काठमाडौं- रसियाका आपतकाल व्यवस्था मन्त्री येभगेनी जिनिचेभको नागरिक रक्षा अभ्यासको क्रममा दुर्घटनामा परेर मृत्यु भएको छ।
मन्त्रालयका अनुसार ५५ वर्षीय जिनिचेभको आर्कटिक नागरिक रक्षा अभ्यासको क्रममा अर्का एकजनाको ज्यान बचाउने प्रयासमा मृत्यु भएको हो।
रुसी ब्रोडकास्टर आरटीका प्रमुख मार्गरिता सिमोन्यानका अनुसार उनी र उनीसँग अन्तर्वार्ता लिने क्यामेराम्यान ६३ वर्षीय फिल्म निर्देशक अलेक्जेन्डर मेलनिक एक अग्लो चट्टानमाथि बसेका थिए। त्यसपछि मेलनिक चिप्लिएर पानीमा खसे।
पानीमा खसेसँगै मेलनिकलाई बचाउन जिनिचेभ पनि हाम फालेका थिए तर उनी पहाडमा बाहिर निस्किएको चट्टानमा ठोक्किएका थिए। त्यसलगत्तै उनको मृत्यु भएको हो। समाचारमा उल्लेख गरिएअनुसार मेलनिकको पनि मृत्यु भएको छ।
जिनिचेभ सन् २०१८ देखि रुसको आपतकाल व्यवस्था मन्त्रीको रुपमा रहेका थिए। उनी राष्ट्रपति भ्लादिमिर पुटिनको सुरक्षा व्यवस्थाका प्रमुख सदस्य पनि रहँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।