काठमाडौं- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो माथि प्रदर्शनकारीले ढुंगा हानेका छन्।
चुनावी प्रचार अभियानमा रहेका ट्रुडोमाथि प्रदर्शनकारीले साना साना ढुंगा फ्याकेको बीबीसीले जनाएको छ। तर ढुंगाले उनलाई भने नलागेको समाचारमा जनाइएको छ।
सोमबार ओन्टारियोको लण्डन शहरमा एक कार्यक्रममा सहभागी भएर उनी बस चढ्न लागेको बेलामा ढुंगा आक्रमण भएको हो। तर,उनलाई चोट भने लागेकोको छैन।
तर, उनले पत्रकारहरुसँग उनले काँधमा ढुंगाले लागेको हुनसक्ने बताए।
क्यानाडाको सीटीवी नेशनल न्यूजका अनुसार मिडियाको गाडीमा सवार दुई जनालाई पनि ढुंगा लागेको थियो तर उनीहरुलाई चोट भने लागेको छैन।
अगस्टमा जस्टिन ट्रुडोले क्यानाडामा मध्यावधि चुनावको घोषणा गरेका थिए। तर कोभिड खोपलाई अनिवार्य बनाउने र अन्य प्रतिबन्धलाई लिएर उनको बिरोध जारी रहेको छ। उनको चुनावी प्रचार अभियानका क्रममा पनि बिरोध प्रदर्शन भएका छन्।
एक हप्ता पहिले उनले आफ्नो एक चुनावी र्याली रद्द गरेका थिए। किनकी रिसाएका बिरोध प्रदर्शनकारी उक्त र्यालीमा घुसेका थिए।
जस्टिन ट्रुडोले मंगलबार प्रदर्शनकारिहरुको यस्तो हर्कत स्वीकार्य नभएको बताएका थिए। प्रदर्शनकारीहरुले स्वास्थ्यकर्मी, उद्योगी, व्यापारी, रेष्टुरेन्ट सञ्चालकमाथि पनि आक्रमण गरेका थिए।
विपक्षी कन्जर्भेटिभ पार्टीले पनि यस्तो खालको हिंसाको निन्दा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।