काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ। साउदी अरबले एसियाका लागि कच्चा तेलको मूल्य घटाएसँगै मागमा कमी आउने आशंकाले तेलको भाउ प्रभावित भएको समाचारहरुमा उल्लेख छ।
ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २७ सेन्ट (शून्य दशमलव ४ प्रतिशत) ले घटेर ७१ डलर ९५ सेन्टमा आएको थियो। सोमबार पनि ब्रेन्टको भाउमा ३९ सेन्टको कमी आएको थियो।
साउदी अराम्कोले आइतबार एशियामा विक्री हुने सबै खालको क्रुड आयलका लागि अक्टोबर डेलिभरीको आधिकारिक विक्री मूल्य (ओएसपी) प्रतिब्यारेल कम्तिमा एक डलरले घटाउने घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।